सवारी परीक्षण कार्यालय इटहरीका प्रमुख र लेखापाल मन्त्रालय तानिए, छानबिन समिति गठन
जलसरोकार
काठमाडौँ: अनियमिततामा मुछिएका सवारी परीक्षण कार्यालय, इटहरीका प्रमुख तथा लेखापाललाई जिम्मेवारीबाट हटाई मन्त्रालयमा तानिएका छन् । सेवाग्राहीसँग घूस असुल्ने, मोलमोलाहिजा गर्ने, अनावश्यक दुःख दिने लगायतका गुनासो बढेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आइतबार कार्यालय प्रमुख मेकानिकल इन्जिनियर रोशन कुमार देव र लेखापाल चन्द्र बहादुर बस्नेतलाई तत्काल प्रभावबाट हटाएको हो ।
दुवै जनाको मिलेमतोमा कार्यालयको राजश्वसमेत हिनामिना भएको आशंका गरिएको छ । इटहरीस्थित उक्त कार्यालयले दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनलाई बाटो इजाजतपत्र दिने, सवारी साधनको स्तर कायम गर्ने, जाँचपास गर्ने तथा प्रदूषण परीक्षणजस्ता काम गर्दै आएको छ ।
सेवाग्राहीले प्रमाणसहितको गुनासो ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङसम्म पुर्याएपछि मन्त्री घिसिङले दुवै जनालाई जिम्मेवारीबाट हटाउन र छानबिन समिति गठन गर्न निर्देशन दिएका हुन् ।
मन्त्रीको निर्देशनअनुसार मन्त्रालयले प्रशासन महाशाखा प्रमुख बलराम रिज्यालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिलाई १० कार्यदिनभित्र प्रतिवेदन बुझाउने म्याद दिइएको छ ।
समितिले आरोपित कर्मचारीहरूसँग बयान लिने, सेवाग्राहीसँग बुझ्ने, गरिएका निर्णयका कागजात अध्ययन र अनुसन्धान गर्ने तथा कारबाहीका लागि सिफारिस गर्ने कार्यादेश पाएको छ ।
मन्त्रालयले इटहरी सवारी परीक्षण कार्यालयमा देखिएको अनियमितता र त्यसमा संलग्न कर्मचारीमाथि कडा कारबाही हुने चेतावनीसमेत दिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स