जेन जी आन्दोलनका शहीद परिवारलाई चौधरी ग्रुपले रोजगारी दिने घोषणा
जलसरोकार
काठमाडौं : चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले हालै सम्पन्न जेन जी आन्दोलनका शहीद परिवारप्रति सम्मान र समवेदना व्यक्त गर्दै विशेष प्रतिबद्धता सार्वजनिक गरेका छन्। उनले आफ्नो फेसबुक स्टाटसमार्फत आन्दोलनमा ज्यान गुमाएका प्रत्येक शहीद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने घोषणा गरेका हुन्।
चौधरीले लेखेका छन्, “Gen Z आन्दोलनका शहीदप्रति चौधरी ग्रुपको तर्फबाट हार्दिक श्रद्धाञ्जली एवं परिवारजनप्रति गहिरो समवेदनाका साथ उच्च सम्मान व्यक्त गर्दछौँ।”
उनका अनुसार आन्दोलनका क्रममा चौधरी ग्रुपका निजी निवास, कार्यालय, शोरूम र कारखानाहरूमा ठूलो क्षति पुगेको भए पनि समूहले दृढ आत्मविश्वासका साथ पुनःनिर्माणको यात्रामा अघि बढ्नेछ।
उनले लेखेका छन्, “यो पीडादायी घडीमा पनि हामी दृढ आत्मविश्वासका साथ पुनःनिर्माणको यात्रामा अघि बढेका छौँ। यो केवल हाम्रो वाचा मात्र होइन, हाम्रो गहिरो कर्तव्य र श्रद्धा हो।”
चौधरीले आफ्नो पोस्टमा थप लेखेका छन् कि चौधरी ग्रुपले हरेक शहीद परिवारका एक सदस्यलाई रोजगारीको अवसर दिनेछ र त्यसका लागि समूहको कर्पोरेट कम्युनिकेशन विभागका प्रमुख मधुसूदन पौड्याल (९८५१२२४०००) सँग सम्पर्क गर्न सकिनेछ।
उनले देशमा आशा, सहानुभूति र एकताका साथ उज्ज्वल भविष्य निर्माण गर्न सबैलाई सँगै अघि बढ्न आग्रह पनि गरेका छन्।
फेसबुकमार्फत गरिएको यो प्रतिबद्धतालाई चौधरी ग्रुपको सामाजिक उत्तरदायित्व र सहानुभूतिको सन्देशका रूपमा लिइएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता
-
आज देशभर बदली, छ प्रदेशमा वर्षा र हिमपातको सम्भावना
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी