आगामी बजेटबारे चार्टर्ड एकाउन्टेन्ट्स संघको प्रि–बजेट छलफल
जलसरोकार
काठमाडौं : नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटसम्बन्धी विषयमा प्रि–बजेट छलफल गरेको छ।
संघको आयोजनामा भएको छलफल कार्यक्रममा आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, भन्सार महसुल, शिक्षा सेवा शुल्कलगायत समग्र कर प्रणाली सुधार, नीतिगत परिवर्तन तथा प्रक्रियागत सरलीकरणका विषयमा सरकारले आगामी बजेटमा समेट्नुपर्ने नीतिहरूबारे विचार विमर्श गरिएको थियो।
संघका महासचिव प्रदीप अर्याल का अनुसार आगामी बजेट कस्तो हुनुपर्छ भन्ने विषयमा विस्तृत छलफल गरिएको छ र त्यसको निष्कर्ष छिट्टै सरकारलाई बुझाइनेछ।
“चार्टर्ड एकाउन्टेन्ट्स संघले विगतदेखि नै प्रि–बजेट छलफल गर्दै आएको छ र सरकारलाई तटस्थ रूपमा सुझाव दिने गरेको छ। त्यहाँबाट धेरै परिवर्तन पनि सुझावकै आधारमा हुने गरेका छन्,” उनले भने, “दुई दिने अन्तरक्रिया कार्यक्रममा बजेट कस्तो हुनुपर्छ भन्ने विषयमा व्यापक छलफल भयो।”
अर्यालका अनुसार कार्यक्रममा राजस्व चुहावट नियन्त्रण तथा अनुसन्धान, बैंक तथा वित्तीय संस्था, बीमा, रेमिटेन्स र पूँजी बजारका क्षेत्रमा सरकारले आगामी दिनमा अपनाउनुपर्ने रणनीतिका विषयमा पनि छलफल गरिएको थियो।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नयाँभन्दा पुराना आयोजना पूरा गर्ने मेरो लक्ष्य : मन्त्री श्रेष्ठ
-
नेप्से सामान्य अंकले घट्यो, कारोबार रकम पनि घट्दै ८ अर्ब ९९ करोडमा सीमित
-
इन्धन संकट टार्ने उपाय: कला र नीति
-
आगामी बजेटबारे चार्टर्ड एकाउन्टेन्ट्स संघको प्रि–बजेट छलफल
-
निजी क्षेत्र राष्ट्र निर्माणको ‘आर्थिक इन्जिन’ हो : राष्ट्रपति पौडेल
-
शुक्रबार सुनकाे मूल्य तोलामा २ हजार २०० र चाँदी ८५ रुपैयाँले महँगियो