वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह


काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा केही पनि छैन, केही भएन भनेर प्रचार गरेजस्तो नभएर नेपालमा लगानीका प्रसस्त सम्भावना र वातावरण रहेको बताएका छन् ।
कतारको राजधानी दोहामा बागलुङ सेवा समाज कतारको संरक्षकत्वमा बुहउद्देश्यीय अक्षयकोष स्थापनाका लागि आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले धेरै सम्भावना रहेकाले नेपालमा लगानीका लागि आग्रह गरेका हो ।
उनले भने “नेपालमा सम्भावना नै छैन भन्ने र नकारात्मक रुपमा लिने गरिएको पाइन्छ । विदेशमा बसेर विदेशको विकास र प्रविधिहरु देखेर नेपालसँग तुलना गर्ने र विरोध गर्ने गरेको पनि पाइन्छ । म यहाँहरुलाई भन्न चाहन्छु । यदि साच्चिकै विदेशमा गरेजस्तै मिहिनेत नेपालमै गर्ने हो भने नेपालमा धेरै सम्भावना छन् ।”
उनले आफू बागुलङबाट आएर अहिले मुलुककै निजी क्षेत्रको छाता संगठनको नेतृत्वमा पुगेको आफ्नै उदाहरण दिँदै मिहिनेत, लगनशिलता र इमान्दारितासाथ काम गरेमा नेपालमा धेरै सम्भावना छन् र सफल पनि भइन्छ भन्ने उदाहरण आफू पनि हुनसक्ने बताए ।
वैदेशिक रोजगारीमा रहेका नेपालीसमेतलाई लगानीको अवसर प्रदान गर्ने गरी १० अर्ब रुपैयाँको नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरिएको जानकारी गराउँदै ढकालले त्यस कम्पनीमार्फत लगानी गर्न वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आग्रह समेत गरे ।
उक्त कम्पनीले मुलुकभित्र तथा मुलुकबाहिर रहेका नेपालीहरुको छरिएर रहेको पुँजी संकलन गरी जलविद्युत, पर्यटन, उद्योग तथा विभिन्न सम्भावना भएका क्षेत्रहरुमा लगानी गर्न गइरहेको जानकारी गराउँदै ढकालले त्यसमा सहभागिताका लागि कतारमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरु तथा गैर आवासीय नेपालीहरुलाई आग्रह गरेका छन् ।
उनले भने “मलाई लाग्छ गैरआवासीय नेपाली साथीहरुमा नेपालमा लगानी गर्दा साझेदार छनौटमा समस्या पनि भएको हुनसक्छ । म आग्रह गर्दछु कि यस कम्पनीमा नेपालका उद्यमी व्यवसायी र एनआरएनएका साथीहरु पनि हुनुहुन्छ । यहाँहरुले ढुक्क भएर लगानी गर्दा राम्रो हुनेछ ।”
सामाजिक उत्तरदायित्व कोषमा १५ लाख प्रदान
यसैबीच अध्यक्ष ढकालले बागलुङबाट कतारमा आएका बागलुङवासीहरुले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काम गर्न अक्षकोष स्थापना गरेकोमा विशेष धन्यवाद व्यक्त गर्दै उनले पनि त्यस कोषमा १५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए ।
उक्त कार्यक्रममा बागलुङबासी समेत भएकाले अध्यक्ष ढकाललाई सम्मान प्रदान गरिएको थियो । अधिवेशनमा कलाकार सिम्रन परियारलगायत विभिन्न कलाकारहरुको सांगितिक प्रस्तुती समेत रहेको थियो ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना