जलस्रोत तथा सिँचाइ विभागका इन्जिनियर श्रेष्ठविरुद्ध पौने ५ करोड भ्रष्टाचार अभियोगमा मुद्दा दायर


काठमाडौँ,: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभाग तथा विभागअन्तर्गतका विभिन्न कार्यालयमा कार्यरत तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप–पत्र दायर गरेको छ ।
श्रेष्ठसँग भएको रु चार करोड ८८ लाख ३० हजार तीन सय २९ दशमलव ५४ पैसाको स्रोत नखुलेको उल्लेख गर्दै आज अदालतमा आरोप–पत्र दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
इन्जिनियर श्रेष्ठले लामो समय सिँचाइ तथा जल उत्पन्न प्रकोप नियन्त्रणका नाममा निर्माण हुने संरचनाबाट ठेकेदारसँग मिलेमतो गरी कमिसन लिई काठमाडौँैं, ललितपुरलगायतका विभिन्न स्थानमा घर जग्गा तथा गाडी खरिद, विभिन्न कम्पनीमा लगानी र विभिन्न व्यक्तिहरुको नाममा समेत जग्गा जमिन र चलअचल सम्पत्ति लुकाइ स्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरेको आयोगले आरोप–पत्रमा उल्लेख गरेको छ ।
श्रेष्ठले सार्वजनिक पदमा रहँदा अख्तियारको दुरुपयोग गरी गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्तिसमेत पत्नी लक्ष्मीकुमारी श्रेष्ठ, बुबा हरिकुमार श्रेष्ठ, आमा इन्द्रकुमारी श्रेष्ठ र छोरा विवेक श्रेष्ठ समेतका नाममा राखेको देखिएको आयोगको दाबी छ ।
आयोगले श्रेष्ठको सम्पत्ति साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ (ग), दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम जफतको माग गरेको छ । आयोगले श्रेष्ठकी पत्नी, बुबा, आमा र छोरालाई समेत प्रतिवादी कायम गरेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित, ठूला भौतिक पूर्वाधार विकासको नयाँ ढोका खोल्ले : अर्थमन्त्री पौडेल
-
खानेपानी आयोजनामा देखिएका चुनौती समाधानका लागि सबै निकाय गम्भीर र प्रतिबद्ध हुनुपर्छ : मन्त्री यादव
-
भारतलाई थप ८० मेगावाट विद्युत निर्यातको अनुमति, कुल निर्यात क्षमता ११३०.९ मेगावाट
-
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
बाढीले धरानको झोलुङ्गे पुल क्षतिग्रस्त, तत्काल मर्मतको माग
-
ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेशन निरीक्षण