पुँजीगत खर्च जम्मा १० प्रतिशत मात्रै
जलसरोकार
काठमाडौं : सरकारले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म पुँजीगत (विकास) खर्च जम्मा १ खर्ब २० रुपैयाँ मात्र गर्न सकेको छ ।
उक्त अवधिमा राष्ट्रपतिदेखि कार्यालय सहयोगीसम्मका तलब भत्ता (चालू खर्च) ७ खर्ब ७३ अर्ब रुपैयाँ हुँदा विकास खर्च भने १ खर्ब २० अर्ब रुपैयाँमा सीमित भएको छ ।
राष्ट्र बैंकले आज प्रकाशन गरेको विवरणअनुसार यो अवधिमा कुल सरकारी खर्च ११ खर्ब ५७ अर्ब रुपैयाँ हुँदा पुँजीगत खर्च भने कुल खर्चको जम्मा १०.३७ प्रतिशत मात्र भएको हो ।
सरकारले लिएको ऋणको सावाँ ब्याजको भुक्तानी मात्रै यो अवधिमा २ खर्ब ६४ अर्ब २९ करोड रुपैयाँ गरेको छ ।
तर यो अवधिमा कुल राजस्व (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ९ खर्ब २२ अर्ब ४३ करोड रुपैयाँ उठेको छ । उठेको राजस्वमा कर राजस्व ८ खर्ब २८ अर्ब ९४ करोड र गैर करराजस्व ९३ अर्ब ४९ करोड रुपैयाँ छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य