पुँजीगत खर्च जम्मा १० प्रतिशत मात्रै
जलसरोकार
काठमाडौं : सरकारले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म पुँजीगत (विकास) खर्च जम्मा १ खर्ब २० रुपैयाँ मात्र गर्न सकेको छ ।
उक्त अवधिमा राष्ट्रपतिदेखि कार्यालय सहयोगीसम्मका तलब भत्ता (चालू खर्च) ७ खर्ब ७३ अर्ब रुपैयाँ हुँदा विकास खर्च भने १ खर्ब २० अर्ब रुपैयाँमा सीमित भएको छ ।
राष्ट्र बैंकले आज प्रकाशन गरेको विवरणअनुसार यो अवधिमा कुल सरकारी खर्च ११ खर्ब ५७ अर्ब रुपैयाँ हुँदा पुँजीगत खर्च भने कुल खर्चको जम्मा १०.३७ प्रतिशत मात्र भएको हो ।
सरकारले लिएको ऋणको सावाँ ब्याजको भुक्तानी मात्रै यो अवधिमा २ खर्ब ६४ अर्ब २९ करोड रुपैयाँ गरेको छ ।
तर यो अवधिमा कुल राजस्व (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ९ खर्ब २२ अर्ब ४३ करोड रुपैयाँ उठेको छ । उठेको राजस्वमा कर राजस्व ८ खर्ब २८ अर्ब ९४ करोड र गैर करराजस्व ९३ अर्ब ४९ करोड रुपैयाँ छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल–कोरिया ऊर्जा सहकार्य अब परियोजना र लगानीको चरणमा : इप्पान उपाध्यक्ष डाँगी
-
२८,५०० मेगावाट लक्ष्य हासिल गर्न कोरियाली लगानी अपरिहार्य : इप्पान अध्यक्ष कार्की
-
नेपाल-कोरिया ऊर्जा सहकार्य अब लगानीको चरणमा, कोरियाली निजी क्षेत्रलाई ‘रेड कार्पेट’
-
नेप्से ६.७४ अंकले घटेर २६०१ विन्दुमा, कारोबार रकम घट्यो
-
मन्त्री कुलमान घिसिङलाई स्थानीयको गुनासो सुन्न भ्याइनभ्याइ, अलपत्र आयोजना अघि बढाउने प्रतिबद्धता
-
सुनको भाउले बनायो नयाँ कीर्तिमान, प्रतितोला २ लाख ६० हजार नाघ्यो