विश्व बैंकको ५२ मिलियन डलर ऋण र ५ मिलियन अनुदान स्वीकार गर्ने मन्त्रिपरिषद्काे निर्णय
जलसरोकार
काठमाडौँ : सरकारले विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण तथा ५ मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले उद्योग क्षेत्रमा परम्परागत बोइलरलाई इलेक्ट्रोनिक बोइलरमार्फत प्रतिस्थापन गर्न कर्जा प्रवाह गर्ने तथा वायु गुणस्तर मापन क्षमतामा सुधार ल्याउने उद्देश्यसहित उक्त ऋण र अनुदान स्वीकार गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलले उक्त जानकारी दिएका हुन्।
त्यस्तै, बैठकले भारतसँग जीटूजी माध्यमबाट ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने समेत गरेको छ।
यससँगै सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना स्वीकृत गरिएको छ, जसमा संसद् भवन परिसरमा प्रवेशसम्बन्धी व्यवस्था समेत समावेश गरिएको छ।
मन्त्रिपरिषद्ले संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३ लाई पुनः राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय समेत गरेको प्रवक्ता पोखरेलले बताए।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना