हकप्रद सेयरको प्रस्तावसहित बुद्धभूमि हाइड्रोले बोलायो विशेष साधारण सभा
जलसरोकार
काठमाडौं – बुद्धभूमि हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्ताव पारितका लागि विशेष साधारण सभा आव्हान गरेको छ । जेठ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जेठ ३० गते विहान १० बजे कम्पनीको कार्यालय, पानीपोखरी, काठमाडौंमा विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभाले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्ने र कम्पनीको पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले १५० प्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्ताव यस अघि गरेकोमा विद्युत नियमन आयोगले शतप्रतिशत हकप्रद सेयर निष्कासनका लागि मात्र स्वीकृति दिएको हो ।
नेपाल धितोपत्र बोर्डमा हकप्रद सेयर निष्कासनका लागि आवेदन दिँदा विद्युत नियमन आयोगको पूर्वस्वीकृति अनिवार्य रहेको अवस्थामा कम्पनीलाई आयोगले शतप्रतिशत हकप्रद सेयर निष्कासनका लागि पूर्व स्वीकृति प्रदान गरेको हो ।
हाल यस कम्पनीको चुक्तापँजी ४० करोड रूपैयाँ छ । शतप्रतिशत हकप्रद पछि कम्पनीको चुक्तापूँजी ८० करोड रूपैयाँ कायम हुनेछ । कम्पनीले नुवाकोट जिल्लामा तल्लो तोदी खोलाको पानीबाट ४ हजार ९९३ मेगाबाट क्षमताको तल्लो तोदी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजना निर्माणको कुल अनुमानित लागत १ अर्ब १९ करोड रूपैयाँ रहेको छ ।
विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ २३ गते एक दिन बुक क्लोज गर्ने निर्णय कम्पनीले गरेको छ । बुक क्लोजको आधारमा जेठ २२ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना