बुद्धभूमि नेपाल हाइड्रोपावरको अवितरित हकप्रद शेयर लिलामी आज सकिँदै
जलसरोकार
काठमाडौं : बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले यसअघि निष्कासन गरेको हकप्रद शेयरमध्ये बिक्री नभई बाँकी रहेका ४ लाख ७४ हजार ६९६ कित्ता शेयरको लिलामी बिक्री आज (जेठ २९ गते) सम्पन्न हुँदैछ।
कम्पनीले जेठ २१ गतेदेखि सर्वसाधारणका लागि खुला गरेको उक्त लिलामी आजबाट बन्द हुन लागेको हो।
कम्पनीले १ः१ अनुपातमा जारी गरेको कुल ४० लाख कित्ता हकप्रद शेयरमध्ये ३५ लाख २५ हजार ३०४ कित्ता शेयर मात्र योग्य शेयरधनीहरूले खरिद गरेका थिए। यसअनुसार ८८.१३ प्रतिशत शेयर बिक्री भएको थियो भने ४ लाख ७४ हजार ६९६ कित्ता अर्थात् ११.८६ प्रतिशत शेयर अवितरित रहेको थियो।
सोही अवितरित शेयर अब लिलामी प्रक्रियामार्फत सर्वसाधारण तथा संस्थागत लगानीकर्तालाई बिक्री गर्न लागिएको हो।
कम्पनीले यसअघि २०८३ साल चैत २२ गतेदेखि वैशाख २८ गतेसम्म विद्यमान शेयरधनीहरूका लागि १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गरेको थियो।
लिलामी प्रक्रियामा व्यक्तिगत तथा संस्थागत दुवै प्रकारका लगानीकर्ताले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
कम्पनीको शेयर लिलामी व्यवस्थापकमा एनआईसी एशिया क्यापिटल लिमिटेड नियुक्त गरिएको छ।
लिलामीमा सहभागी हुन प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ दररेट प्रस्ताव गर्नुपर्नेछ। साधारण हकप्रद शेयरका लागि न्यूनतम १०० कित्ताको आवेदन दिनुपर्ने व्यवस्था छ। इच्छुक लगानीकर्ताले उपलब्ध सम्पूर्ण शेयरका लागि पनि आवेदन दिन सक्नेछन्, तर नियामकीय व्यवस्थाअनुसार एक व्यक्ति वा संस्थाले राख्न पाउने अधिकतम शेयर स्वामित्व सीमाभित्र रहनुपर्नेछ।
कम्पनीले अवितरित हकप्रद शेयर बिक्रीमार्फत पूँजी संरचना सुदृढ गर्ने तथा लगानीकर्तालाई थप लगानीको अवसर उपलब्ध गराउने अपेक्षा गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
अदालतले अवैध ठहर गरेको सिन्धु ज्वाला हाइड्रोका अध्यक्ष र सञ्चालक इप्पान निर्वाचनमा सरिक
-
पुँजीगत खर्च द्रुत बनाउन अधिकार प्रत्यायोजन गरिएको अर्थमन्त्रीको दाबी
-
नेप्से चार अंकले घट्दा कारोबार ४ अर्ब ३४ करोडमा सीमित
-
विद्युत् नियमन आयोगका पूर्वअध्यक्ष दिल्लीबहादुर सिंहलाई ‘ऊर्जा ज्योति सम्मान’
-
अव्यवस्थित रूपमा झुण्डिएका दूरसञ्चार र इन्टरनेटका तार हटाइँदै
-
३० हजार मेगावाट लक्ष्य आर्थिक भविष्यसँग जोडिएको हो : सांसद भरत पराजुली