बुद्धभूमि नेपाल हाइड्रोपावरको १०० प्रतिशत हकप्रद शेयर निष्काशन आजदेखि खुला
जलसरोकार
काठमाडौं : बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले आज (चैत २२ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत बराबर हकप्रद शेयर निष्काशन गरेको हो।
कम्पनीले हाल कायम एक कित्ता शेयर बराबर एक कित्ता नयाँ शेयर (१:१ अनुपात) का दरले हकप्रद शेयर जारी गरेको हो। यसअनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका कुल ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्दैछ, जसको कुल रकम ४० करोड रुपैयाँ बराबर हुनेछ।
हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले फागुन १ गते बुक क्लोज गरेको थियो। त्यसअनुसार माघ २९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले उक्त हकप्रद शेयरमा २०८३ साल वैशाख १३ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
हकप्रद निष्काशनका लागि गरिएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल ले कम्पनीलाई ‘आईआरएन डबल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालयसहित कम्पनीको पानीपोखरी, महाराजगञ्जस्थित कार्यालय, नुवाकोटको थप्रेकस्थित जलविद्युत गृह तथा एनआईसी एशिया बैंक का विराटनगर, वीरगञ्ज, नारायणघाट, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखाबाट आवेदन दिन सक्नेछन्।
यसैगरी, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सी–आस्बा प्रणाली प्रयोग गरी तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेड द्वारा विकसित ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ।
हाल कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको छ। हकप्रद शेयर निष्काशन र बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्नेछ।
कम्पनीले हकप्रद शेयरबाट संकलित रकम आयोजना सञ्चालनका लागि लिएको ऋणको आंशिक भुक्तानीमा प्रयोग गर्ने जनाएको छ। हाल कम्पनीले सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, ग्लोबल आइएमई बैंक र कुमारी बैंक सहित चार बैंकबाट लिएको कुल ९६ करोड ९० लाख ९१ हजार ६०९ रुपैयाँ ऋण बाँकी रहेको छ। हकप्रदबाट प्राप्त रकमबाट आंशिक भुक्तानी गरेपछि कम्पनीको ऋण करिब ५६ करोड ९० लाख ९१ हजार ६०९ रुपैयाँमा झर्नेछ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
बजेटको उच्च प्राथमिकतामा सुरुङमार्ग
-
“विद्युत्मा भ्याट नयाँ होइन, करको दायरा विस्तार हो– ५० युनिटसम्मका उपभोक्ता सुरक्षित” : सांसद इन्जिनियर श्रीराम न्यौपाने
-
५० युनिटभन्दा बढी बिजुली खपतमा भ्याट लगाउने निर्णयको पूर्व ऊर्जामन्त्री कुलमानद्वारा विरोध
-
ऊर्जा क्षेत्रका लागि निजी लगानीमैत्री बजेट, तर सफलता कार्यान्वयनमा निर्भर
-
ऊर्जा क्षेत्रमार्फत आर्थिक रूपान्तरणको महत्वाकांक्षी योजना, जलाशययुक्त आयोजना, विद्युत् निर्यात र सिँचाइ विस्तारमा सरकारको जोड
-
आगामी वर्षकाे बजेट २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ