बुद्धभुमी नेपाल हाइड्रोपावरकाे हकप्रद शेयरमा आवेदन अवधि थपियाे
जलसरोकार
काठमाडौं : बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड (BNHC) ले निष्काशन गरेको शतप्रतिशत हकप्रद शेयरमा अपेक्षित आवेदन नपरेपछि आवेदन दिने अवधि थप गरेको छ।
कम्पनीले चैत २२ गतेदेखि हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता (१:१) अनुपातमा हकप्रद शेयर बिक्री खुला गरेको थियो। सो अनुसार ४० करोड रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गरिएको हो।
हकप्रद निष्काशन प्रयोजनका लागि कम्पनीले फागुन १ गते बुकक्लोज गरेको थियो। यस अनुसार माघ २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले मात्रै आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। प्रारम्भिक समयसीमा अनुसार बैशाख १३ गतेसम्म आवेदन दिन पाइने भए पनि बैशाख १० गते साँझसम्म जम्मा १४ लाख ५० हजार २७१ कित्ताका लागि मात्र आवेदन परेको थियो, जुन कुल मागभन्दा न्यून हो। त्यसैले कम्पनीले आवेदन अवधि थप गर्ने निर्णय गरेको हो।
कम्पनीको हकप्रद शेयरलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल ले ‘आईआरएन डबल बी’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।
हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले बिक्री प्रबन्धकका साथै कम्पनीको पानीपोखरी, महाराजगञ्जस्थित कार्यालय, नुवाकोटको थप्रेकस्थित आयोजनास्थल र विभिन्न बैंक शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, मेरो शेयर प्रणालीमार्फत अनलाइन आवेदनको सुविधा पनि उपलब्ध रहेको छ।
हाल कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको छ। हकप्रद शेयर बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्नेछ।
हकप्रदबाट उठाइएको रकम कम्पनीले आयोजना सञ्चालनका लागि लिएको ऋण आंशिक रूपमा भुक्तानी गर्न प्रयोग गर्ने जनाएको छ। कम्पनीले विभिन्न चार बैंकबाट लिएको करिब ९६ करोड ९० लाख रुपैयाँ ऋणमध्ये हकप्रदपछि करिब ५६ करोड ९० लाख रुपैयाँ बाँकी रहनेछ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो