एकतर्फी सञ्चालनमा आयाे बीपी राजमार्ग
जलसरोकार
काठमाडौँ : गएरातिको बाढीका कारण अवरुद्ध भएको बीपी राजमार्ग आज बिहानदेखि एकतर्फी सञ्चालनमा आएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बाढीले डाइभर्सन बगाएपछि बन्द भएको राजमार्ग बिहान ८:४५ बजेदेखि अस्थायी मर्मतपछि एकतर्फी रूपमा खुलाइएको हो।
कार्यालयका प्रहरी उपरीक्षक कोमल साह ले डाइभर्सन बगेको स्थानमा तत्काल मर्मत गरी सीमित रूपमा सवारी आवागमन सुचारु गरिएको जानकारी दिनुभयो।
प्रहरीका अनुसार पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा ल्याउन अझै केही समय लाग्नेछ।
सवारी चालक तथा यात्रुहरूलाई लेन अनुशासन पालना गर्दै सावधानीपूर्वक यात्रा गर्न आग्रह गरिएको छ। साथै, सडकको अवस्थाबारे जानकारी लिन १०० वा १०३ नम्बरमा सम्पर्क गर्नसमेत प्रहरीले अनुरोध गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
लगातार चौथो दिन पनि घटेर बन्द भयाे नेप्से
-
पोल भाडा बक्यौता असुली प्रक्रिया कार्यान्वयनमा, वर्ल्डलिंकले सुरु गर्यो भुक्तानी
-
पञ्चेश्वरमा सहमतिको संकेत, नेपालले भारतसमक्ष ३०:७० लागत बाँडफाँट प्रस्ताव गर्ने
-
विद्युत् महसुल पुनरावलोकन गर्दै प्राधिकरण, नयाँ दर प्रस्तावका लागि १५ दिने समिति गठन
-
रसुवागढीका नयाँ सीइओका १० प्रमुख चुनौती
-
रसुवागढी जलविद्युत् सञ्चित घाटामा, नोक्सानी बढेर ८१ करोड रुपैयाँ नाघ्यो