तीन दिनपछि सञ्चालनमा आयो बीपी राजमार्ग
जलसरोकार
काठमाडौं : वर्षाका कारण अवरुद्ध भएको बीपी राजमार्ग सोमबारदेखि पुनः सञ्चालनमा आएको छ ।
गत शनिबार साँझदेखि रोशी खोलामा आएको बाढीले विभिन्न स्थानका डाइभर्सन बगाएपछि राजमार्ग अवरुद्ध भएको थियो । तीन दिनसम्म मर्मत कार्य गरेपछि यातायात सञ्चालनमा ल्याइएको हो ।
सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीको सहयोगमा क्षतिग्रस्त डाइभर्सन मर्मत गरी सडक खुलाइएको जनाइएको छ ।
बाढीका कारण चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेँशी, बुलढुंगा तथा माम्ती क्षेत्रमा डाइभर्सन बगाएको थियो । यस्तै, सिन्धुलीतर्फ आँपघारी र नेपालथोकमा पनि डाइभर्सन क्षतिग्रस्त भएको थियो ।
मर्मतपछि राजमार्गमा सवारीसाधन आवागमन पुनः सञ्चालनमा आएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
संविधान दिवसमा ऊर्जा र सुशासनलाई समृद्धिको आधार बनाउनुपर्नेमा जोड
-
भदौमा ५ अर्ब ९ करोडको विद्युत् निर्यात, भोटेकोशी बाढीपछि बंगलादेश निर्यात बन्द
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै