आँखुखोला जलविद्युतको बुक क्लोज साउन १ गते
जलसरोकार
काठमाडौं – आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले विक्री गर्न लागेको १५० प्रतिशत हकप्रद सेयर असार ३१ गतेसम्म कायम सेयरधनीहरूले मात्र खरीद गर्न पाउनेछन् । कम्पनीले १५० प्रतिशत हकप्रद सेयर निष्कासन प्रयोजनका लागि साउन १ गते एक दिन बुक क्लोज गर्न लागेसँगै आर ३१ गतेसम्म सेयर कायम गर्नुपर्ने भएको हो ।
बुक क्लोजको आधारमा असार ३१ गतेसम्म आफ्नो सेयर सुरक्षित गरेका सेयरधनीहरूले मात्र कम्पनीको हकप्रद सेयर खरीद गर्न पाउने छन् । असार ३१ गते यो कम्पनीको सेयर विक्री गर्ने सेयरधनीहरूले भने कम्पनीको हकप्रद सेयर खरीद गर्न पाउने छैनन् ।
यस कम्पनीले १५० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि गत वर्षको भदौ ५ गते अनुमति माग्दै निवेदन दिएको थियो । हाल कम्पनीको चुक्तापूँजी ८० करोड रूपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद सेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी २ अर्ब रूपैयाँ कायम हुनेछ । कम्पनीको हकप्रद सेयर निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यो कम्पनी २५ लाख ७२ हजार रूपैयाँभन्दा बढी नाफामा रहेको छ । उक्त अवधिसम्म कम्पनीको विद्युत विक्रीबाट १४ करोड रूपैयाँभन्दा बढी आम्दानी गरेको थियो । तेस्रो त्रैमाससम्म १ अर्ब ३२ करोड रूपैयाँभन्दा बढी दायित्व रहेको कम्पनीको सम्पत्ति भने १ अर्ब ८८ करोड रूपैयाँभन्दा बढी छ । यस अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ४३ पैसा र प्रतिसेयर नेटवर्थ ६९ रूपैयाँ छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा