माउन्टेन इनर्जी र नेशनल लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत
जलसरोकार
काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा माउन्टेन इनर्जी र नेशनल लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । जसमध्ये, माउन्टेन इनर्जीको २९ लाख ५२ हजार ४०.५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । यसले गत वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
यता, नेसनल लघुवित्तको ८ लाख १३ हजार १५४.६६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यस संस्थाले गत वर्षको नाफाबाट सेयरधनीलाई ७.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा