नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक स्वीकृत
जलसरोकार
काठमाडौँ: प्रतिनिधिसभाबाट ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१’ स्वीकृत भएको छ । सभाको आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले राष्ट्रियसभामा उत्पत्ति भएको सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
उक्त प्रस्ताव सभाको सर्वसम्मतिबाट स्वीकृत भएको थियो । सभामुख देवराज घिमिरेले उक्त विधेयकमाथि संशोधन पेस गर्न चाहने सांसदले संसद् सचिवालयको विधेयक शाखामा आफ्नो संशोधन दर्ता गराउन सक्ने जानकारी गराए ।
विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले हरितगृह ग्यास उत्सर्जनबाट वातावरणमा पर्ने प्रभाव न्यूनीकरण तथा अनुकूलनमार्फत हरित अर्थतन्त्र प्रवद्र्धन, ऊर्जा सम्मिश्रण र ऊर्जा सुरक्षाको सुनिश्चितता गर्न विधेयक ल्याउनुपरेको स्पष्ट पारे ।
विधेयकमाथिको सैद्धान्तिक छलफलमा कान्तिका सेजुवाल, डा अमरेशकुमार सिंह, अमनलाल मोदी, शिशिर खनाल, सुनिता बराल, विमला सुवेदी, कालुराम राई, प्रेम सुवाल, मैना कार्की, ज्ञानेन्द्रबहादुर कार्की, सराज अहमद फारुकी, चन्दा कार्की भण्डारी, नारायणप्रसाद आचार्य, रामहरि खतिवडा, मनीष झा, रणेन्द्र बराली, उर्मिला माझी, राजेन्द्रकुमार केसी, दयालबहादुर शाही, ठाकुरप्रसाद गैरे, अम्बरबहादुर रायमाझी र माधव सापकोटाले भाग लिएका थिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना