भीम रावलको टिप्पणी : आफ्नो भक्त गभर्नर नियुक्त गर्न मापदण्ड हटाउने निर्णयलाई अदालतले रोक्यो
जलसरोकार
काठमाडौं : नेपाल राष्ट्र बैककाे गभर्नर नियुक्ति गर्न सरकारले उमेर हद मापदण्ड हटाउने सरकारको निर्णयलाई लिएर मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले टिप्पणी ।
डा.रावलले आफ्नो भक्त गभर्नर नियुक्त गर्न ६५ वर्षको मापदण्ड हटाउने निर्णय गरेको भएपनि अदालतले रोकिदिएको टिप्पणी गरेका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सधैं आफ्नो निहित स्वार्थमा चल्ने गरेको आरोप समेत लगाए ।
‘संविधान र सर्वोच्च अदालतको आदेश उल्लंघन गर्दै एक पटक समेत गरी दुई पटक निहित स्वार्थमा प्रतिनिधिसभा विघटन गरेर कम्युनिष्ट पार्टी र जनताको आकाक्षामा तुषारापात गर्ने प्रधानमन्त्री ओली कुशासनको आफ्नो भक्त गभर्नर नियुक्त गर्न ६५ वर्षको मापदण्ड हटाउने निर्णयलाई अदालतले रोकेको छ’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
कानून र लोकतान्त्रिक मान्यता मिच्ने सरकारका प्रधानमन्त्रीको सात बुँदे सहमतिमा लेखिएको सुशासन कुन दराजमा धुलोले ढाकिएको छ ? भन्दै प्रश्न गरे।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना