बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँट
जलसरोकार
काठमाडौँ : बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्कासन गरेको साधारण शेयर (आईपीओ) को बाँडफाँट गरेको जनाएको छ।
कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत अर्थात् रु १० करोड ४० लाख बराबरको १० लाख ४० हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि छुट्याएको थियो । सोमध्ये २ लाख ८ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि छुट्याइएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि चैत १ गतेदेखि चैत ५ गतेसम्म आवेदन खुला गरिएको थियो। उक्त अवधिमा प्राप्त आवेदनमध्ये योग्य आवेदकलाई प्रचलित कानुनअनुसार चैत १५ गते बाँडफाँट गरिएको जानकारी दिइएको छ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ। बाँडफाँटको नतिजा निष्कासन तथा बिक्री प्रबन्धकको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङ लिमिटेड को आईपीओ नतिजा पोर्टलमार्फत हेर्न सकिने जनाइएको छ।
कम्पनीले आईपीओ निष्कासन प्रक्रियामा सहयोग गर्ने वैदेशिक रोजगारीमा रहेका लगानीकर्ता, बैंक तथा वित्तीय संस्था र सम्बन्धित नियामक निकायप्रति आभारसमेत व्यक्त गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य