बेनी–दरवाङ सडकः रणवाङ–तोलावाङ खण्ड कालोपत्र पूरा
जलसरोकार
म्याग्दी: बेनी–दरबाङ सडकको रणवाङ–तोलावाङ खण्डमा कालोपत्र भएको छ । पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलका अनुसार मङ्गला गाउँपालिका–२ रणवाङको खहरेखोलादेखि रणवाङ–सहश्रधारा–दुखुखोला–तल्लोदुखु–रातोढुङ्गा हुँदै तोलावाङ खण्डको सडक कालोपत्र सकिएको हो । खहरेखोलाबाट तोलावाङसम्म तीन किलोमिटर तीन सय मिटर सडक कालोपत्र भएको छ ।
“फराकिलो पार्ने, पानीको निकास, टेवा पर्खाल बनाउने, बेस र सबबेस राख्ने काम सकिएको ठाउँमा माघ १९ गतेदेखि सुरु गरिएको कालोपत्र गर्ने काम फागुन २७ गते सकिएको छ”, पौडेलले भने, “बाङ्गेपहिरो छाडेर बाँकी ढाडखर्क, दरबाङ बजारमा भइरहेको पूर्वाधार निर्माणको काम सकिएपछि कालोपत्र गर्ने तयारी छ ।”
मङ्गला गाउँपालिका–२ रणवाङबाट मालिकाको केन्द्र दरबाङसम्मको आठ किलोमिटर सडक कालोपत्र गर्न निर्माण कम्पनीसँग रु २२ करोड ५७ लाख ९३२ मा सम्झौता भएको हो ।
मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने २४ किलोमिटर यो सडक २०६३ सालमा खुलेको हो । यसअघि बेनी–सिमसम्म १२ दशमलव पाँच किलोमिटर खण्ड भने कालोपत्र भइसकेको छ । सिम–पानाबगर खण्डको चार किलोमिटरको काम पनि पूरा भएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड
-
निःशुल्क सेयर र अवैध रकम मागले ऊर्जा क्षेत्रमा निजी लगानीलाई जोखिम
-
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ
-
सुनको भाउ घट्यो, चाँदी पनि सस्तियो : शुक्रबार कतिमा हुँदैछ खरिद–बिक्री ?
-
बर्दिबासमा २० मेगावाटको सौर्य ऊर्जा जडान गरिँदै
-
विद्युत व्यापार र प्रसारण लाइनमा सहकार्य गर्न निजी क्षेत्रकाे प्रस्ताव