सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

भदौमा बैंकको निक्षेप ब्याजदर घट्यो, ५ बैंकले गरे कटौती

जलसरोकार
आइतबार, साउन ३१, २०८३ | १४:१७:०९ बजे

 

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकिङ प्रणालीमा उच्च तरलता कायम रहेपछि साउनको तुलनामा भदौमा पनि निक्षेपको औसत ब्याजदर घटेको छ ।

भदौ महिनामा व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर साउनको ४.१६७५ प्रतिशतबाट ०.०३१५ प्रतिशतविन्दुले घटेर ४.१३६ प्रतिशतमा झरेको छ । त्यस्तै, संस्थागत निक्षेपको औसत ब्याजदर पनि साउनको ३.११६ प्रतिशतबाट घटेर ३.०८१ प्रतिशतमा सीमित भएको छ ।

पाँच बैंकले घटाए ब्याजदर

भदौका लागि पाँचवटा वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन् । सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ०.२९ प्रतिशतविन्दु र संस्थागततर्फ ०.२० प्रतिशतविन्दुले ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ३.७६ प्रतिशत र संस्थागततर्फ ३.०५ प्रतिशत कायम गरेको छ ।

नेपाल बैंकले व्यक्तिगत निक्षेपमा ०.१० प्रतिशतविन्दु र संस्थागत निक्षेपमा ०.५० प्रतिशतविन्दुले ब्याजदर घटाएको छ । नयाँ दर व्यक्तिगततर्फ ४.१५ प्रतिशत र संस्थागततर्फ ३.५० प्रतिशत कायम गरिएको छ ।

त्यस्तै, सिटिजन्स बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ३.८५ प्रतिशत, कुमारी बैंकले ३.७६ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३.८० प्रतिशत कायम हुने गरी ब्याजदर घटाएका छन् ।

१५ बैंकको ब्याजदर स्थिर

भदौ महिनामा १५ वटा वाणिज्य बैंकले भने साउनकै ब्याजदरलाई निरन्तरता दिएका छन् । नबिल बैंक र प्रभु बैंकले व्यक्तिगत निक्षेपमा अधिकतम ४.५५ प्रतिशत ब्याजदर कायम गरेका छन् । यी दुई बैंक व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदरमा सबैभन्दा माथि रहेका छन् ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबि बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आइएमई बैंकलगायत १५ बैंकले साउनकै ब्याजदरलाई भदौमा पनि निरन्तरता दिएका छन् ।

बैंकिङ प्रणालीमा रकम थुप्रिने क्रम जारी रहनु तथा कर्जाको मागमा अपेक्षित सुधार नआउनुले निक्षेपको लागत घटाउन बैंकहरूलाई ब्याजदर कम गर्न दबाब परेको देखिन्छ । उच्च तरलताका कारण आगामी दिनमा पनि बैंकहरूको निक्षेप ब्याजदरमा दबाब कायम रहन सक्ने देखिएको छ ।

 

क्र.सं.वाणिज्य बैंकश्रावण २०८३ व्यक्तिगतश्रावण २०८३ संस्थागतभदौ २०८३ व्यक्तिगतभदौ २०८३ संस्थागतफरक व्यक्तिगतफरक संस्थागत
नबिल बैंक४.५५%३.०१%४.५५%३.०१%
प्रभु बैंक४.५५%२.७५%४.५५%२.७५%
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक४.५०%३.५०%४.५०%३.५०%
एनएमबी बैंक४.५०%३.५०%४.५०%३.५०%
सानिमा बैंक४.५०%३.३०%४.५०%३.३०%
माछापुच्छ्रे बैंक४.५०%३.००%४.५०%३.००%
कृषि विकास बैंक४.१५%२.७५%४.१५%२.७५%
नेपाल बैंक४.२५%४.००%४.१५%३.५०%-०.१०%-०.५०%
नेपाल एसबीआई बैंक४.१०%२.७५%४.१०%२.७५%
१०एभरेस्ट बैंक४.०५%३.५०%४.०५%३.५०%
११हिमालयन बैंक४.००%३.५०%४.००%३.५०%
१२लक्ष्मी सनराइज बैंक४.००%३.२५%४.००%३.२५%
१३एनआईसी एसिया बैंक४.००%३.००%४.००%३.००%
१४राष्ट्रिय वाणिज्य बैंक४.००%३.००%४.००%३.००%
१५प्राइम कमर्सियल बैंक४.००%२.७५%४.००%२.७५%
१६ग्लोबल आइएमई बैंक४.००%२.७५%४.००%२.७५%
१७सिटिजन्स बैंक इन्टरनेसनल३.९५%३.००%३.८५%३.००%-०.१०%
१८स्ट्यान्डर्ड चार्टर्ड बैंक३.८५%२.७५%३.८०%२.७५%-०.०५%
१९कुमारी बैंक३.८५%३.०१%३.७६%३.०१%-०.०९%
२०सिद्धार्थ बैंक४.०५%३.२५%३.७६%३.०५%-०.२९%-०.२०%
औसत४.१६७५%३.११६%४.१३६%३.०८१%-०.०३१५%-०.०३५%

नोट: प्रतिशतविन्दुको फरकलाई तालिकामा ऋणात्मक (-) चिन्हसहित देखाइएको छ।

 

 

प्रकाशित मिति : आइतबार, साउन ३१, २०८३ | १४:१७:०९ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया