भीषण वर्षा र बाढीका कारण अफगानिस्तानमा कम्तिमा ५० जनाको मृत्यु
जलसरोकार
काठमाडौं - अफगानिस्तानमा भीषण वर्षा र बाढीका कारण कम्तिमा ५० जनाको मृत्यु भएको छ भने दुई हजारभन्दा बढी घरहरु ध्वस्त भएका छन् ।
अफगानिस्तानको मध्य क्षेत्रमा भारी वर्षा भएको छ । वर्षाका कारण पानीको सतह एक्कासी बढेको र धेरै मानिसहरु बेपत्ता भएको बीबीसीले जनाएको छ ।
बाढीका कारण हजारौं जनावर मरेका छन् भने दुई हजारभन्दा बढी घर ध्वस्त भएको जनाइएको छ । गत हप्तामात्रै अफगानिस्तानको उत्तरी क्षेत्रमा बाढी आएको थियो र तीन सयभन्दा बढीको मृत्यु भएको थियो ।
अविरल वर्षाका कारण कृषिमा पनि क्षति पुगेको छ । अफगानिस्तानको ४ करोड जनसंख्यामध्ये ८० प्रतिशत कृषिमा निर्भर छन् । अफगानिस्तानको मौसम विभागले आगामी दिनमा धेरै क्षेत्रमा भारी वर्षा र बाढीको सम्भावना रहेको भन्दै सजग गराएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स
-
त्रिशूलीको अति भीषण बाढी २०२६ निम्त्याउने प्रलयकारी हिमपहिरो