बढ्यो एशियन हाइड्रोको नोक्सानी
जलसरोकार
काठमाडौं–एशियन हाइड्रोपावर कम्पनी अझै पनि नोक्सानीमै देखिएको छ । कम्पनीले शुक्रबार प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखिएको हो । चालू आवको ९ महिनामा ४ करोड ८८ लाख ५५ हजार रुपैयाँ नोक्सानीमा छ । गत आवको तेस्रो त्रैमासमा पनि कम्पनीले २ करोड ५० लाख ४३ हजार रुपैयाँ घाटा व्यहोरेको थियो । सो अवधिमा कम्पनीको नोक्सानी थप बढेको छ ।
कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानीमा आएको गिरावटले नै नोक्सानी बढेको हो । गत वर्षको तेस्रो त्रैमासमा कम्पनीले विद्युत बिक्रीबाट ११ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको थियो । तर, यो वर्षको सोही अवधिमा भने १७.८८ प्रतिशत घटेर ९ करोड ४३ लाख २६ हजार रुपैयाँ कायम भएको छ ।
तर, कम्पनीको वित्तीय खर्चमा भने कमी देखिएको छ। चालु आवको ९ महिनामा कम्पनीको वित्तीय खर्च ८ करोड १७ लाख २८ हजार रुपैयाँ कायम भएको छ । गत वर्षको सोही अवधिमा भने यस्तो खर्च ८ करोड ४२ लाख रुपैयाँ रहेको थियो ।
हाल कम्पनीको चुक्ता पुँजी ३४ करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा तथा कोष पनि ६८ लाख रुपैयाँ ऋणात्मक छ । कम्पनीको प्रतिसेयर आम्दानी पनि १४ रुपैयाँ ३७ पैसा ऋणात्मक छ । यता, प्रतिसेयर नेटवर्थ भने ९७ रुपैयाँ ९९ पैसा छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना