सप्तकोशीमा जलसतह बढ्दा ३१ ढोका खोलियो, खतराको संकेतस्वरूप रातो बत्ती
जलसरोकार
सुनसरी: सप्तकोशी नदीमा पानीको सतह तीव्रगतिमा बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार आइतबार बेलुकी १० बजे गरिएको जलसतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिशेकेण्ड दुई लाख २६ हजार ५६० क्युसेक पुगेको छ ।
यसअघि दिउँसो २ बजे गरिएको मापनमा प्रतिशेकेण्ड एक लाख ७४ हजार ३७५ क्युसेक पानी बगेको र सो समयमा २३ ढोका खोलिएको थियो। हाल कोशी ब्यारेजका ५६ ढोकामध्ये ३१ ढोका खोलिएका छन् ।
कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिशेकेण्ड एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको संकेतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ । सोहीअनुसार अहिले रातो बत्ती प्रज्वलन गरिएको कन्ट्रोल रुमले जनाएको छ ।
प्रहरी प्रवक्ता खतिवडाका अनुसार पहाडी भेगमा लगातार भइरहेको वर्षाका कारण नदीमा पानीको सतह बढ्दो क्रममा छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स