सप्तकोशीमा जलसतह बढ्दा ३१ ढोका खोलियो, खतराको संकेतस्वरूप रातो बत्ती
जलसरोकार
सुनसरी: सप्तकोशी नदीमा पानीको सतह तीव्रगतिमा बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार आइतबार बेलुकी १० बजे गरिएको जलसतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिशेकेण्ड दुई लाख २६ हजार ५६० क्युसेक पुगेको छ ।
यसअघि दिउँसो २ बजे गरिएको मापनमा प्रतिशेकेण्ड एक लाख ७४ हजार ३७५ क्युसेक पानी बगेको र सो समयमा २३ ढोका खोलिएको थियो। हाल कोशी ब्यारेजका ५६ ढोकामध्ये ३१ ढोका खोलिएका छन् ।
कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिशेकेण्ड एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको संकेतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ । सोहीअनुसार अहिले रातो बत्ती प्रज्वलन गरिएको कन्ट्रोल रुमले जनाएको छ ।
प्रहरी प्रवक्ता खतिवडाका अनुसार पहाडी भेगमा लगातार भइरहेको वर्षाका कारण नदीमा पानीको सतह बढ्दो क्रममा छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनमा क्षति पुगेका भौतिक संरचनाको पुनर्स्थापना र पुननिर्माण उच्च प्राथमिकतामा राखी काम गरौं : मन्त्री कुलमान घिसिङ
-
मौरिसससँगको दोहोरो कर मुक्ति सम्झौता खारेज
-
सेयर बजार ७.८६ अंकले घट्यो, कारोबार ३ अर्ब ७५ करोड
-
कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण थालियो
-
भन्सार एजेन्ट र विभागबीच सहमति
-
नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालन गर्न सिँचाइ व्यवस्थापन कम्पनी