सुनको मूल्य घट्दा चाँदी बढ्याे, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
जलसरोकार
काठमाडौँ । वैशाख २१ गते सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा वृद्धि देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेर २ लाख ९४ हजार ८०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन आइतबार सुन प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँ मा कारोबार भएको थियो।
यता चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला २० रुपैयाँले वृद्धि भई ५ हजार ३० रुपैयाँ पुगेको छ। आइतबार चाँदी प्रतितोला ५ हजार १० रुपैयाँ मा खरिदबिक्री भएको थियो।
अन्तर्राष्ट्रिय बजारको उतारचढाव, विनिमय दर र स्थानीय माग–आपूर्तिको प्रभावले सुनचाँदीको मूल्यमा दैनिक परिवर्तन देखिने गरेको व्यवसायीहरू बताउँछन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना