अरुणभ्याली हाइड्रोको अवितरित हकप्रद सेयर भोलिदेखि लिलामीमा
जलसरोकार
काठमाडौं – अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले अवितरित १९ लाख ९२ हजार १३४ कित्ता हकप्रद सेयर वैशाख १० गते (सोमवार) देखि लिलामीमा ल्याउने भएको छ । कम्पनीले वैशाख २४ गतेसम्म जो कोही व्यक्ति, कम्पनी, संघ संस्थाहरूले खरीद गर्न पाउने गरी यी सेयर विक्रीमा ल्याउन लागेको हो ।
कम्पनीले फागुन १७ गतेदेखि चैत ७ गतेसम्म शतप्रतिशत हकप्रद सेयर विक्री गरी चैत २७ गते बाँडफाँट गरेको थियो । कम्पनीले १ बराबर १ को अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर विक्री खुला गरेकोमा १९ लाख ९२ हजार १३४ कित्ता भने वितरण हुन सकेको थिएन ।
सो अवधिमा वितरण हुन नसकेको उल्लेखित कित्ता सेयर लिलामी प्रक्रियाबाट विक्री गर्न लागिएको हो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रूपैयाँ रहेको छ । लिलामी प्रक्रियाबाट सम्पूर्ण कित्ता हकप्रद सेयर विक्री तथा बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी ३ अर्ब ७३ करोड ५९ लाख २५ हजार २०० रुपैयाँ कायम हुनेछ । हकप्रद सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिकित्ता १०० रूपैयाँमा लिलामीमा आउने यी सेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । आवेदन विक्री प्रबन्धकसँगै मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय भक्तपुर, ललितपुर, विर्तामोड, विराटनगर, धरान, वीरगञ्ज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बुटवल, दाङ, नेपालगंज, धनगढी र महेन्द्रनगरबाट प्राप्त गर्न र पेश गर्न सकिनेछ । अरुणभ्याली हाइड्रोपावरले ९.९४ मेगावाट क्षमताको काबेली बी–१ क्यास्केड जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७८ साल चैत १२ गतेदेखि व्यवसायिक उत्पादन गर्दै आएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
भोटेकोशी बाढीपछि खोज र उद्धारलाई उच्च प्राथमिकता दिएका छौँ : मन्त्री श्रेष्ठ
-
माथिल्लो त्रिशूली–३ ‘बी’मा उद्धार प्रयास अघि बढ्यो, सीईओसहित ३ कर्मचारी र १६ सैनिक घटनास्थलमा
-
पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार