अरुण काबेली पावरको नाफा ५३ प्रतिशत घट्यो
जलसरोकार
काठमाडौं : अरुण काबेली पावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा रु ७ करोड ९६ लाख खुद नाफा आर्जन गरेको छ । कम्पनीले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा ५२.८७ प्रतिशतले घटेको हो ।
अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले रु १६ करोड ९० लाख खुद नाफा कमाएको थियो । विद्युत् बिक्री आम्दानी सामान्य घट्नुका साथै खर्च बढेपछि कम्पनीको नाफामा उल्लेख्य कमी आएको हो ।
समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्री आम्दानी ३ प्रतिशतले घटेको छ । त्यस्तै, कुल नाफा २.३९ प्रतिशतले घटेको छ । कम्पनीको वित्तीय खर्च भने १२.५२ प्रतिशतले बढेको छ भने कुल खर्च ४९.८६ प्रतिशतले वृद्धि भएको छ ।
नाफामा आएको गिरावटसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा प्रतिशेयर आम्दानी रु २ रुपैयाँ २९ पैसाले घटेर रु २ रुपैयाँ ५ पैसामा सीमित भएको छ ।
चौथो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ रु १०१ रुपैयाँ ७७ पैसा रहेको छ भने मूल्य–आम्दानी अनुपात १२१.७५ गुणा रहेको छ ।
कम्पनीको चुक्ता पूँजी रु ३ अर्ब ८९ करोड रहेको छ । त्यस्तै, कम्पनीको अन्य इक्विटी रु ६ करोड ८९ लाख रहेको वित्तीय विवरणमा उल्लेख छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना