धितोपत्र बोर्ड अध्यक्षका लागि आवेदन खुला
जलसरोकार
काठमाडौं : नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद नियुक्तिका लागि आवेदन खुलाइएको छ ।
सरकारले गठन गरेको सिफारिस समितिले सार्वजनिक सूचना जारी गर्दै योग्य उम्मेदवारसँग आवेदन माग गरेको हो । यसअघि वैशाख ४ गते बोर्ड अध्यक्ष सन्तोष श्रेष्ठले राजीनामा दिएका थिए ।
आवेदन दिन इच्छुक व्यक्तिले ७ दिनभित्र अर्थ मन्त्रालयअन्तर्गत वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारस्थित समितिको सचिवालयमा आफ्नो व्यक्तिगत विवरण पेश गर्न सक्नेछन् ।
योग्यताअनुसार आवेदकले मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेछ । साथै धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक तथा वित्तीय, वाणिज्य व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्षको अनुभव आवश्यक रहनेछ ।
उमेर हद ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ । भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागुऔषध कारोबार लगायतका फौजदारी कसुरमा दोषी ठहर भएका व्यक्ति अध्यक्ष पदका लागि अयोग्य हुने सूचनामा उल्लेख गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य