नेपाल विद्युत् प्राधिकरणमा २६० भन्दा बढी कर्मचारी भर्नाका लागि आवेदन खुला
जलसरोकार
काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले २६० भन्दा बढी कर्मचारी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । प्राधिकरणले शुक्रबार १८ पुस सार्वजनिक सूचना प्रकाशन गर्दै अधिकृतदेखि सहायकस्तरसम्मका विभिन्न पदमा दरखास्त आह्वान गरेको हो ।
प्राधिकरणद्वारा प्रकाशित सूचनाअनुसार अधिकृतस्तरका सहनिर्देशकदेखि वातावरणविदसम्म १३२ जना तथा सहायकस्तरका मिटर रिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल पदमा १३० जना कर्मचारी भर्ना गरिनेछ ।
योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले माघ १० गतेभित्र अनलाइन माध्यमबाट आवेदन दिन सक्नेछन ्। दरखास्त, योग्यता, परीक्षा प्रक्रिया र अन्य विवरण प्राधिकरणको आधिकारिक वेबसाइटमार्फत् उपलब्ध गराइएको छ ।
यसैगरी, नेपाल विद्युत् प्राधिकरणले ज्येष्ठता, कार्यसम्पादन मूल्यांकन तथा कार्यक्षमता मूल्यांकनका आधारमा हुने बढुवाका लागि पनि विभिन्न पदमा आवेदन फाराम खुलाएको जनाएको छ ।
प्राधिकरणले दक्ष जनशक्ति थप गरी विद्युत् उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले भर्ना प्रक्रिया अघि बढाएको बताएको छ ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य