अरुणभ्याली हाइड्रोपावरको लिलामी सेयरमा आजबाट आवेदन दिन सकिने
जलसरोकार
काठमाडौं – अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको करिब २० लाख कित्ता साधारण सेयरमा बोलपत्र आजदेखि आवेदन खुलेको छ । यसअघि लगानीकर्ताका लागि जारी गरेको हकप्रद निष्कासनमा १९ लाख ९२ हजार १३४ कित्ता सेयर नबिकेपछि लिलामी बिक्रीमा ल्याएको हो ।
१ बराबर १ को अनुपातमा कम्पनीले हकप्रद सेयर जारी गरेको थियो । एक सार्वजनिक सूचना जारी गर्दै बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलले साधारण सेयरका लागि शिलबन्दी बोलपत्र आवेदन पेश गर्न आग्रह गरेको छ ।
वैशाख २४ गतेसम्म आवेदन दिन सकिने छ । न्यूनतम १ सय रुपैयाँ कायम हुनेगरी न्यूनतम १ सय कित्ताका लागि आवेदन दिनुपर्ने क्यापिटलले जनाएको छ । आवेदनका साथ गुड फर पेमेन्ट चेक वा आईपीएसमार्फत भुक्तानी गरेको रकमको भौचर पेश गर्नुपर्नेछ ।
क्यापिटलको कार्यालय नक्साल र मुक्तिनाथ विकास बैंकका कार्यालयहरु ठिमी, कुमारीपाटी, विर्तामोड, विराटनगर, धरान, वीरगन्ज, जनकपुर, हेटौंडा, नारायणगढ, पोखरा, बागलुङ, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी तथा महेन्द्रनगरबाट आवेदन फारम पाइने र तिनै केन्द्रमा बुझाउन सकिने छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना