एपोलो हाइड्रोपावरको आईपीओमा वैशाख २ सम्म आवेदन दिन सकिने
जलसरोकार
काठमाडौं : एपोलो हाइड्रोपावर लिमिटेडले चैत २६ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा वैशाख २ गतेसम्म आवेदन दिन सकिने भएको छ।
सरकारले चैत २३ गतेदेखि सरकारी तथा सार्वजनिक निकायमा शनिबार र आइतबार बिदा दिने निर्णय गरेसँगै आईपीओ निष्कासन अवधि लम्ब्याइएको हो। यसअघि चैत ३० गतेसम्म बन्द हुने तय गरिएको आईपीओ अब छिटोमा वैशाख २ र ढिलोमा वैशाख १० गतेसम्म बन्द हुन सक्ने व्यवस्था गरिएको थियो।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो।
कुल ५७ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत बराबर १४ लाख १० हजार कित्ता शेयर निष्कासनको अनुमति पाएको कम्पनीले यसअघि ४ लाख ७० हजार कित्ता स्थानीय र ९४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँट गरिसकेको छ। साथै ३७ हजार कित्ता सामूहिक लगानी कोष र १८ हजार ८०० कित्ता कर्मचारीका लागि छुट्याइएको छ।
अब बाँकी रहेको ७ लाख ८० हजार २०० कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो, जसको कुल मूल्य ७ करोड ८० लाख २० हजार रुपैयाँ हुन्छ। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य रहेको यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
आईपीओको रेटिङ केयर रेटिङ्ग नेपाल ले ‘CARE-NP Double B Minus’ प्रदान गरेको छ, जसले वित्तीय दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरिरहेको ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत् आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता अवधि ७.७७ वर्ष र डिस्काउन्टमा १६.४३ वर्ष रहने अनुमान गरिएको छ।
आईपीओको बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्। साथै सिडिएस एण्ड क्लियरिङ लिमिटेड को ‘मेरो शेयर’ प्रणालीमार्फत अनलाइन आवेदनको व्यवस्था पनि गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य