एपोलो हाइड्रोपावरको आईपीओ चैत २६ गतेदेखि सर्वसाधारणका लागि खुल्ने
जलसरोकार
काठमाडौँ : एपोलो हाइड्रोपावर लिमिटेडले चैत २६ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्याइएको सेयर बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ खुला गर्न लागेको हो।
कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता साधारण सेयर निष्काशन गर्न अनुमति पाएको थियो। यसमध्ये ४ लाख ७० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि र ९४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरी बाँडफाँट भइसकेको छ।
त्यसैगरी सामूहिक लगानी कोषका लागि ३७ हजार कित्ता र कम्पनीका कर्मचारीका लागि १८ हजार ८०० कित्ता सेयर छुट्याइएको छ। अब कम्पनीले बाँकी रहेको ७ करोड ८० लाख २० हजार रुपैयाँ बराबरको ७ लाख ८० हजार २०० कित्ता साधारण सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गर्न लागेको हो।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। छिटोमा चैत ३० गतेसम्म आवेदन दिन सकिनेछ भने पूर्ण आवेदन नपरेमा ढिलोमा २०८३ वैशाख १० गतेसम्म निष्काशन खुला रहनेछ।
आईपीओ निष्काशनका लागि गरिएको मूल्याङ्कनमा केयर रेटिङ्ग नेपाल ले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ। आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३७ करोड २० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत करिब २२ करोड ८६ लाख रुपैयाँ अनुमान गरिएको छ। आयोजनामा गरिएको लगानी सामान्य हिसाबले करिब ७.७७ वर्षमा फिर्ता हुने अनुमान छ भने डिस्काउन्ट आधारमा लगानी फिर्ता हुने अवधि १६.४३ वर्ष रहेको छ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड बाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत ‘सी–आस्बा’ प्रणालीबाट आवेदन दिन सक्नेछन्। साथै मेरो सेयर अनलाइन प्रणाली प्रयोग गरेर पनि आईपीओमा आवेदन दिन सकिने व्यवस्था रहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो