एपोलो हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत, मंगलबारदेखि कारोबार सुरु हुने
जलसरोकार
काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एपोलो हाइड्रोपावर लिमिटेडको आईपीओ सोमबार सूचीकृत भएको छ । यस दिन कम्पनीका कुल ४७ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएका हुन् ।
सूचीकृत शेयरमध्ये सर्वसाधारणमा वितरण गरिएको १४ लाख १० हजार कित्ता र संस्थापक शेयरधनीहरूले लगानी गरेको ३२ लाख ९० हजार कित्ता गरी कुल ४७ लाख कित्ता शेयर रहेको छ ।
कम्पनीको शेयर मंगलबार विशेष प्रि–ओपन सेसनमा कारोबार भएपछि नियमित बजारमा कारोबार सुरु हुने नेप्सेले जनाएको छ ।
पहिलो कारोबारका लागि नेप्सेले एपोलो हाइड्रोपावरको शेयरलाई प्रतिकित्ता न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्मको ओपनिङ रेञ्ज तोकेको छ ।
कम्पनीको शेयर टिकरमार्फत कारोबार हुनेछ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना