एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँट
जलसरोकार
काठमाडौं : एपोलो हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ) बाँडफाँट गरेकाे छ । कम्पनीले सूचना जारी गर्दै आवेदन दिएका लगानीकर्ताको शेयर बाँडफाँट गरिएको र बाँकी रकम फिर्ता प्रक्रिया अघि बढाइएको जनाएको हो।
कम्पनीले जारी पूँजीको ३० प्रतिशत अर्थात् करिब १४ लाख १० हजार कित्ता शेयर निष्काशन गरेको थियो। यसमध्ये १० प्रतिशत शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि र २० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको थियो।
स्थानीय बासिन्दाका लागि खुला गरिएको शेयरमा फागुन ११ गतेदेखि चैत १२ गतेसम्म आवेदन संकलन गरिएको थियो भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पनि तोकिएको अवधिमा आवेदन खुला गरिएको कम्पनीले जनाएको छ। सोही आधारमा नियमानुसार चैत १२ गते बाँडफाँट गरिएको हो।
बाँडफाँटमा परेका आवेदकले प्राप्त गरेको शेयरको विवरण तथा नपरेका आवेदकको रकम फिर्ता सम्बन्धी जानकारी अनलाइनमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ। यसका लागि बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड को वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङको आईपीओ नतिजा पोर्टलमार्फत विवरण हेर्न सकिने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार बाँडफाँटमा नपरेका आवेदकको रकम सम्बन्धित बैंक खातामै फिर्ता पठाइनेछ भने सफल आवेदकको शेयर सम्बन्धित डिम्याट खातामा जम्मा गरिनेछ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य