एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँट, ७८ हजारभन्दा बढी आवेदकलाई १० कित्ता
जलसरोकार
काठमाडौं : एपोलो हाइड्रोपावर लिमिटेडको आईपीओ शुक्रबार बाँडफाँट गरिएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट सम्पन्न भएको हो।
कम्पनीले गत चैत २६ गतेदेखि बैशाख २ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ७ करोड ८० लाख २० हजार रुपैयाँबराबरको ७ लाख ८० हजार २०० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो।
उक्त आईपीओमा कुल २७ लाख २७ हजार ११७ जना लगानीकर्ताले २ करोड ९८ लाख ५१ हजार ३८० कित्ता शेयरका लागि आवेदन दिएका थिए, जुन मागभन्दा निकै बढी हो।
अत्यधिक आवेदन परेकाले गोला प्रथा (लटरी) प्रणालीमार्फत बाँडफाँट गरिएको छ। सोअनुसार ७८ हजार २० जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य