अपि पावरको नाफामा ८६ प्रतिशत वृद्धि, खुद नाफा ६५ करोड नाघ्यो
जलसरोकार
काठमाडौं : अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उल्लेख्य वित्तीय सुधार गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार खुद नाफा, प्रतिशेयर आम्दानी तथा सञ्चालन आम्दानीमा उल्लेखनीय वृद्धि देखिएको हो ।
कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ६५ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको उक्त अवधिमा कम्पनीको नाफा ३५ करोड ३४ लाख रुपैयाँ रहेको थियो । यस आधारमा कम्पनीको नाफा करिब ८६.३ प्रतिशतले बढेको देखिन्छ ।
विद्युत् बिक्री तथा अन्य सञ्चालन गतिविधिबाट हुने आम्दानी पनि वृद्धि भएको छ । कम्पनीको सञ्चालन आम्दानी १ अर्ब ३० करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १९ करोड रुपैयाँ थियो ।
सञ्चालन नाफामा पनि सुधार देखिएको छ । गत वर्ष ८७ करोड ७६ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा बढेर १ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । यसले कम्पनीको आन्तरिक कार्यदक्षता र आम्दानी व्यवस्थापनमा सुधार आएको संकेत गरेको छ ।
नाफासँगै लगानीकर्ताका लागि महत्त्वपूर्ण मानिने प्रतिशेयर आम्दानी (ईपीएस) मा पनि उल्लेखनीय सुधार आएको कम्पनीले जनाएको छ ।
सम्पत्ति तथा दायित्वतर्फ कम्पनीको कुल सम्पत्ति १६ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । कम्पनीको दीर्घकालीन कर्जा करिब ६ अर्ब रुपैयाँ रहेको छ, जुन जलविद्युत् आयोजनाको प्रकृतिअनुसार स्वाभाविक मानिएको छ । कम्पनीको चुक्ता पूँजी ६ अर्ब ३७ करोड रुपैयाँ रहेको छ ।
हाल कम्पनीले ८.५ मेगावाटको नौगाड गाडदेखि ४० मेगावाटको माथिल्लो चमेलियासम्मका ६ वटा जलविद्युत् तथा सौर्य ऊर्जा आयोजना सञ्चालन गरिरहेको छ । साथै, ८ मेगावाटको परवानीपुर सोलार आयोजना निर्माणको चरणमा रहेको कम्पनीले जनाएको छ ।
यद्यपि, कम्पनीले केही चुनौतीहरू पनि औँल्याएको छ । बैंक ब्याजदर तथा वित्तीय खर्चका कारण ३१ करोड ८५ लाख रुपैयाँ बराबरको वित्तीय भार परेको कम्पनीको भनाइ छ । साथै राजनीतिक अस्थिरता, नीतिगत ढिलासुस्ती तथा हाइड्रोलोजिकल जोखिमलाई कम्पनीले बाह्य चुनौतीका रूपमा उल्लेख गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य