अपी पावर कम्पनीको नाफा १४५ गुणाले वृद्धि
जलसरोकार
काठमाडौं: अपी पावर कम्पनीको नाफा १४५ गुणाले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ३१ करोड १६ लाख रुपैयाँ छ । गत आवको यसै अवधिमा यस्तो नाफा २१ लाख ४३ हजार रुपैयाँ थियो ।
विद्युत् बिक्री आम्दानी बढ्नु र लगानीको वास्तविक मूल्याङ्कन वापतको नाफा (फेयर भ्यालु गेन) का कारण खुद नाफामा भारी वृद्धि देखिएको छ । विद्युत् बिक्री आम्दानी पहिले ६२ करोड रहेकोमा अहिले ८५ करोड ८० लाख रुपैयाँ छ ।
त्यस्तै फेयर भ्यालु गेनमा २२ करोड ३१ लाख रुपैयाँ जनाइएको छ । कम्पनीको वित्तीय लागत भने बढेको छ । यस्तो लागत पहिले २१ करोड ४७ लाख रुपैयाँ रहेकोमा अहिले ३३ करोड ९३ लाख रुपैयाँ छ ।
कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १० रुपैयाँ २६ पैसा छ । प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ १८ पैसा छ । बजारमा सेयर मूल्य प्रतिकित्ता २७६ रुपैयाँ ९० पैसा छ
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना