अपरसोलु हाइड्रोको नाफा ७० प्रतिशत वृद्धि
जलसरोकार
काठमाडौं: अपरसोलु हाइड्रो इलेक्ट्रिकको नाफा ७० प्रतिशत वृद्धि भएको छ ।
कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा १४ करोड ३२ लाख रुपैयाँ छ । गत आवको यसै अवधिमा यस्तो नाफा ८ करोड ३९ लाख रुपैयाँ थियो ।
विद्युत् बिक्री आम्दानी बढ्नु र वित्तीय लागत घट्नुले कम्पनीको नाफामा टेवा पुगेको छ । विद्युत् बिक्री आम्दानी पहिले ४२ करोड ८८ लाख रुपैयाँ रहेकोमा अहिले ४५ करोड ४८ लाख रुपैयाँ छ । त्यस्तै वित्तीय लागत पहिले १९ करोड ५५ लाख रुपैयाँ रहेकोमा अहिले १५ करोड ६० लाख रुपैयाँ छ ।
कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ६१ पैसा छ भने प्रतिसेयर नेटवर्थ १०४ रुपैयाँ ९५ पैसा छ । बुधबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७०० रुपैयाँ छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना