सेयर बजारमा पुनः १५ अंकको गिरावट
जलसरोकार
काठमाडौं– सेयर बजार परिसूचक पुन १५ अंकले घटेको छ । आइतबार १२ अंकले बढेको बजार सोमबार पुनः १५.४१ अंक घटेको हो । बजार १५ अंकले घटेर १९६९.०२ मा झरेको छ । आज ४९ कम्पनीको मात्रै सेयर बढेको छ भने १८६ कम्पनीको सेयर मूल्य घटेको छ ।
बजारसँगै कारोबार रकम पनि घटेको छ । आज २ अर्ब ५ करोड ८३ लाख ५ हजार १८५ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । ५६ लाख ५६ हजार २८२ कित्ता सेयर ३८ हजार ५५२ पटकमा खरिद बिक्री भएका छ ।
बजार घट्दा पिपुल्स पावर लिमिटेड, प्रभु स्र्माट फण्ड, कुमार धनवृद्धि योजना, प्रभु बैंक डिबेन्चर, मानुषी लघुवित्त उच्च कारोबार गर्ने पाँच कम्पनी रहेका छन् । दोल्ती पावर, एनआइसी एशिया लघुवित्त, हिमालयन लघुवित्त, मोलुङ हाइड्रो पावर, सृजनशिल लघुवित्त उच्च गमाउने पाँच कम्पनी रहेका छन् । बजार घट्दा म्युचअल फण्ड समूह ०.०२ प्रतिशतले बढ्दा बाँकी समूह राताम्मे रहे । फाइनान्स समूहमा २.१० प्रतिशतले गिरावट आएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना