मैलुङ्ग खोला जलविद्युतको आज वार्षिक साधारण सभा, लाभांश पनि वितरण गर्ने
जलसरोकार
मैलुङ्ग खोला जलविद्युतको आज वार्षिक साधारण सभा, लाभांश पनि वितरण गर्ने
काठमाडौं– मैलुङ्ग खोला जलविद्युतको आज वार्षिक साधारण सभा बस्दै छ । सभामा यस कम्पनीले हाल कायम चुक्ता पुँजीको २.२२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनुका साथै आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको कम्पनीले जनाएको छ ।
सभा प्रयोजनका लागि कम्पनीले चैत १६ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, चैत १५ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । सभा लैनचौर ब्यांकेट, लैनचौर, काठमाडौंमा बिहान ११ बजे भएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना