मर्मतको लागि भोलि आँखुखोलाको ड्याम खोलिने, सर्तक रहन किनारबासीलाई आग्रह
जलसरोकार
काठमाडौं – धाडिङको आँखुखोला–१ जलविद्युत आयोजना रिङ्नेको ड्याम भोलि (शनिबार) बिहान ६ बजे खोलिने भएको छ ।
मर्मत गर्न उक्त आयोजनाको ड्याम खोल्न लागिएको हो । त्रिपुरासुन्दरी गाउँपालिकास्थित आयोजनाको ड्याम शनिबार बिहान ७ बजेदेखि मर्मतका लागि खोल्न लागिएको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए।
ड्याम खोलिने भएकाले खोला किनारमा बस्ने नागरिकहरूलाई सतर्क रहन भनिएको उनले बताए। त्रिपुरासुन्दरी गाउँपालिका, नीलकण्ठ नगरपालिका र ज्वालामुखी गाउँपालिका अन्तर्गत खोला किनारमा रहेकाहरूलाई सतर्क रहन भनिएको छ।
‘खोल्ने बित्तिकै पानीको बहाब बढ्न सक्छ भनेर सतर्क गराएका हौं। बिस्तारै कम हुँदै जान्छ। त्यति धेरै बढ्ने पनि होइन, सतर्क चाहीँ हुनुपर्छ,’ प्रजिअ अधिकारीले भने। मर्मत सकिएपछि पुनः बन्द गरिने भन्दै जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी गरेको छ । आयोजनाको ड्याम खोल्दा खोलाको बहाव बढ्ने हुँदा तल्लो तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन जिल्ला प्रशासन कार्यालय धाडिङले सूचना जारी गरेको छ ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स
-
त्रिशूलीको अति भीषण बाढी २०२६ निम्त्याउने प्रलयकारी हिमपहिरो
-
विद्युत् व्यापार निजी क्षेत्रलाई खुला गर्दै सरकार, दुई महिनाभित्र कानुनी बाटो तयार हुने
-
चिलिमेमा थप एक शव फेला, मृतकको संख्या चार पुग्यो