सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार विराजभक्त श्रेष्ठ सिक्टा सिँचाइ
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

नोटबन्दीको चर्चा बीच अर्थमन्त्री वाग्लेकाे स्पष्टिकरण : भ्रष्टाचार नियन्त्रणकाे विकल्प नोटबन्दी होइन

जलसरोकार
मंगलबार, चैत १७, २०८२ | १५:१८:४५ बजे

 

काठमाडौँ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा नोटबन्दी नगर्ने स्पष्ट पारेका छन्। भ्रष्टाचार नियन्त्रणका लागि नोटबन्दी गर्नुपर्ने आवाज उठिरहे पनि त्यो उपयुक्त विकल्प नभएको उनले बताए । 

अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा मन्त्री वाग्लेले सामाजिक सञ्जाल X (Twitter) मार्फत नोटबन्दीको सुझाव दिइरहेकाहरुलाई आफूले यस्तो कदम नचाल्ने स्पष्ट पारेका हुन्। केही नीति निर्माण तहका अधिकारीहरूले भ्रष्टाचार नियन्त्रण र लुकाइएको रकम बाहिर ल्याउन नोटबन्दी गर्नुपर्ने सुझाव दिँदै आएका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टी का उपसभापति समेत रहेका वाग्लेले जेनजी आन्दोलनपछि बनेको सरकारको नेतृत्वमा अर्थ मन्त्रालय सम्हाल्दै गर्दा अर्थतन्त्रलाई स्थिरता दिने नीति अपनाइने संकेत गरेका छन्।

नोटबन्दीको बहस नेपालमा पहिलेदेखि नै उठ्दै आएको भए पनि विगतका सरकारहरू यस विषयमा सकारात्मक देखिएका थिएनन्। नोटबन्दी समर्थकहरूले अनौपचारिक क्षेत्रमा रहेको वा लुकाइएको रकम औपचारिक अर्थतन्त्रमा ल्याउन यस्तो कदम उपयोगी हुन सक्ने तर्क गर्दै आएका छन्।

सन् २०१६ मा भारत ले कालोधन नियन्त्रण गर्ने उद्देश्यले नोटबन्दी गरेको थियो। तर पछि रिजर्भ बैंक अफ इन्डिया ले उक्त निर्णयबाट अपेक्षित उपलब्धि हासिल नभएको निष्कर्ष निकालेको थियो। भारतबाहेक कतार र म्यानमार ले पनि विगतमा नोटबन्दीको अभ्यास गरेका थिए।

नेपालमा बैंकिङ प्रणालीभन्दा बाहिर कति रकम चलनचल्तीमा छ भन्ने यकिन तथ्यांक नभए पनि पछिल्ला वर्षहरूमा विद्युतीय कारोबार विस्तार भएसँगै नगद सर्कुलेसन क्रमशः घट्दै गएको नेपाल राष्ट्र बैंक ले जनाएको छ।

प्रकाशित मिति : मंगलबार, चैत १७, २०८२ | १५:१८:४५ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया