विद्युतीय कारमा अमेरिकाले चार गुणा कर बढायो
जलसरोकार
काठमाडौं -अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनमा बनेका इलेक्ट्रिक कार, सोलार प्यानल, स्टिल र अन्य उत्पादनमा करवृद्धि गरेका छन् । ह्वाइट हाउसले पछिल्लो परिवर्तनमा चिनियाँ विद्युतीय कारमा शतप्रतिशत भन्सार महसुल पनि समावेश गरेको जनाएको छ । ह्वाइट हाउसले यो वृद्धि अनुचित नीतिका कारण र अमेरिकामा रोजगारी जोगाउने उद्देश्यले गरिएको जनाएको छ । चीनले यो वृद्धिको विरोध गरेको र छिट्टै प्रतिकारात्मक कारबाही गर्ने बताएको छ। विश्लेषकहरूले यी शुल्कहरू धेरै हदसम्म प्रतीकात्मक रहेको र चुनावी वर्षमा भोट कमाउने उद्देश्यले प्रेरित रहेको टिप्पणी गरेका छन् ।
ह्वाइट हाउसले मंगलबार घोषणा गरेको करले करिब १८ अर्ब डलरको आयातलाई असर गर्ने जनाएको छ । विद्युतीय सवारी साधनको महशुल २५ प्रतिशतबाट शतप्रतिशत पुर्याइएको छ । सोलार सेलमा २५ प्रतिशतबाट ५० प्रतिशतमा बढाइएको छ । त्यसैगरी केही स्टिल र आल्मुनियम उत्पादनको महसुल दर ७।५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्याएको छ । जवाफमा, चीनको वाणिज्य मन्त्रालयले नयाँ कदमहरूले द्विपक्षीय सहयोगको वातावरणलाई गम्भीर रूपमा असर गर्ने टिप्पणी गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकले ‘कार्ड पेमेन्ट गेटवे’ सेवा प्रारम्भ गर्यो, डिजिटल नेपालतर्फ अर्को महत्वपूर्ण कदम
-
नेप्से साताको पहिलो दिनमै ओरालो, २६४७ अंकमा झर्यो — कारोबार भने बढ्यो
-
मन्त्री कुलमान घिसिङबाट निर्माणाधीन कोशी अस्पताल भवनको निरीक्षण
-
अपर अरुण जलविद्युत आयोजनामा १३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव
-
ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक - वरिष्ठ उपाध्यक्ष डाँगी
-
अन्तरसरकारी वित्त परिषद्को ११औँ बैठक सम्पन्न, वित्तीय संघीयता कार्यान्वयनका चुनौती समाधानमा जोड