माथिल्लो तमोर (२८५ मेगावाट) मा टीबीएम प्रयोग गर्न सम्झौता

काठमाडौं : तमोर इनर्जी प्रा.लि. ले प्रवद्र्धन गरेको माथिल्लो तमोर (२८५ मेगावाट) मा टनेल बोरिङ मेसिन (टीबीएम) बाट सुरुङ खन्नका लागि चिनियाँ कम्पनी चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडबीच सम्झौता भएको छ ।
सम्झौतामा तमोर इनर्जीका अध्यक्ष पुष्पज्योति ढ्ंगाना र चाइना रेल्वेका तर्फबाट नेपाल प्रमुख लो झियारोङले हस्ताक्षर गरे ।
कार्यक्रममा अध्यक्ष ढुंगानाले आगामी चार वर्षभित्र आयोजना निर्माण कार्य पूरा हुने बताए । उनले यो आयोजना निर्माण सम्पन्न भइसकेपछि नेपालमा हिउँदयाममा लोडसेडिङ नहुने पनि उल्लेख गरे । ‘यो आयोजना सुख्खायाममा पिक समयमा ८ देखि ९ घण्टासम्म बिजुली उत्पादन गर्न सकिनेछ,’ उनले भने, ‘यसले हिउँदयामको लोडसेडिङ अन्त्य गर्नेछ ।’
आयोजना निर्माणका लागि ठेकेदार परिचालन, मुहान संरचना खन्नका लागि क्याम्प निर्माण, जग्गा अधिग्रहण, पुनर्वास कार्यक्रम, पहुँच मार्ग निर्माणलगायतका निर्माणपूर्वका गतिविधि पूरा भइसकेको पनि ढुंगानाले जानकारी दिए ।
उनका अनुसार आयोजनाको कूल लागत ५१ अर्ब (अध्ययन हुँदा ५५ अर्ब रुपैयाँ रहेको) मध्ये २४ अर्ब रुपैयाँको लगानी जुटिसकेको छ । वित्तीय व्यवस्थापन गर्ने बेला यो आयोजनाको कुल लागत ५५ अर्ब रहेको र सबै खर्च घटाउँदा ५१ अर्ब रुपैयाँ अनुमान रहेको पनि उनले बताए ।
आयोजनामा विभिन्न बैंक तथा वित्तीय संस्थानहरुले २८ अर्ब रुपैयाँ ऋण, आठ अर्ब रुपैयाँ सर्वसाधरणलाई शेयर निष्कासन र १२ अर्ब रुपैयाँ स्वपुँजी लगानी गरिनेछ ।
आयोजनामा चिनियाँ प्रविधिका टीबीएम मेसिनले सुरुङ खन्नेछ । नेपालको निजी क्षेत्रका जलविद्युत्मा पहिलोपटक टीबीएम प्रयोग गरी सुरुङ खन्न लागिएको यो पहिलो आयोजना हो ।
चिनियाँ कम्पनीसँग डेढ वर्षदेखि छलफल र सहकार्य गरी उक्त प्रविधि उपयोग गर्नेमा पुगिएको पनि ढुंगानाले उल्लेख गरे । ‘यसले नेपालको निजी क्षेत्रको विश्वास बढाएको छ,’ ढुंगानाले भने ।
चिनियाँ कम्पनीका प्रतिनिधि झियारोङले सीआरइसीजीसीलाई तमोर इनर्जी प्रा.लिे विश्वास गरेकोमा धन्यवाद दिंदै माथिल्लो तमोर आयोजना निर्धारित समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे ।
उनले आफ्नो कम्पनीले नेपालमा पहिलोपटक भेरी–बबई डाइभर्सन र सुनकोसी मरिन डाइभर्सन आयोजनाको सुरुङ सफलतापूर्वक निर्माण सम्पन्न गरिएको पनि स्मरण गरे ।
सीआरइसीजीसीको स्थापना सनु् १९५० मा भएको थियो । यो कमपनीले ३५० भन्दा बढी रेल्वेमा २४ हजार किलोमिटर निर्माण गरिसकेको छ । यो कम्पनीमा २० हजारभन्दा बढी कर्मचारी छन् ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
तीन दिनदेखि लगातार बढेको सेयर बजार मंगलबार कारोबार रकम पनि बढ्यो
-
खोलामा पर्याप्त पानी हुन थालेसँगै लमजुङका जलविद्युत् आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
-
Reinvigorating the Bagmati River-What is Bagmati
-
२ हजार बढी परिवारलाई निःशुल्क ‘मिटरबक्स’
-
अमलाचौरको रुम्टा गाउँका १६ घरमा लिफ्टमार्फत खानेपानी पहुँच