हेटौडा बजार क्षेत्रमा सडक सीमा खाली गराउने प्रक्रिया अघि बढाउने सहमति
जलसरोकार
हेटौडा : महेन्द्र राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत हेटौडा बजार क्षेत्रको सडक सीमा खाली गराउने प्रक्रिया अघि बढाउने सहमति जुटेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङको उपस्थितिमा बिहिबार बसेको बैठकमा बजार क्षेत्रमा रहेका सडक अतिक्रमण हटाउन आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरिएको हाे ।
सहमतिअनुसार शुक्रबार सडक डिभिजन हेटौडाले सूचना सार्वजनिक गरेको छ।
उक्त बैठकमा मन्त्री घिसिङसँगै हेटौडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामा, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, उपमहानगरपालिकाका वडा अध्यक्षहरू तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।
सहमतिपछि सडक डिभिजनले आवश्यक प्रक्रिया अघि बढाउँदै सडक सीमा खाली गराउने तथा अतिक्रमण हटाउने कार्यका लागि औपचारिक सूचना जारी गरेको हो ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दोधारा चाँदनीमा आठ करोडको लागतमा ‘लिफ्ट सिँचाइ’
-
ढुक्क हुनुस्, तोकिएकै मितिमा निर्वाचन हुन्छ : मन्त्री घिसिङ
-
भरतपुरमा २१० किलोमिटर सडकमा स्मार्ट बत्ती जडान, ‘उज्यालो सहर भरतपुर’ अभियान तीव्र
-
सिरहा–धनुषा जोड्ने कमला पुलको मन्त्री घिसिङबाट स्थलगत अनुगमन, निर्माण तीव्र बनाउन निर्देशन
-
खिम्टी–२ जलविद्युत् आयोजनाकाे निर्माण अन्तिम चरणमा, ६ देखि ९ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य
-
दुर्गम गाउँ लाप्राकमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा सुरु