हेटौडा बजार क्षेत्रमा सडक सीमा खाली गराउने प्रक्रिया अघि बढाउने सहमति
जलसरोकार
हेटौडा : महेन्द्र राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत हेटौडा बजार क्षेत्रको सडक सीमा खाली गराउने प्रक्रिया अघि बढाउने सहमति जुटेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङको उपस्थितिमा बिहिबार बसेको बैठकमा बजार क्षेत्रमा रहेका सडक अतिक्रमण हटाउन आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरिएको हाे ।
सहमतिअनुसार शुक्रबार सडक डिभिजन हेटौडाले सूचना सार्वजनिक गरेको छ।
उक्त बैठकमा मन्त्री घिसिङसँगै हेटौडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामा, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, उपमहानगरपालिकाका वडा अध्यक्षहरू तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।
सहमतिपछि सडक डिभिजनले आवश्यक प्रक्रिया अघि बढाउँदै सडक सीमा खाली गराउने तथा अतिक्रमण हटाउने कार्यका लागि औपचारिक सूचना जारी गरेको हो ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता
-
आज देशभर बदली, छ प्रदेशमा वर्षा र हिमपातको सम्भावना
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै