श्रम विभाग र सामाजिक सुरक्षा कोषबीच सम्झौता
जलसरोकार
काठमाडौँ,: श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र सामाजिक सुरक्षा कोषबीच सूचना आदानप्रदान गर्ने सम्झौता भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज एक कार्यक्रमबीच विभागका तर्फबाट उपमहानिर्देशक विपिन राजभण्डारी र कोषको तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गरे । एक अर्कालाई आवश्यक सूचना तथा तथ्याङ्क अनलाइनको माध्यमबाट आदानप्रदान गरी श्रमसम्बन्धी कानुनको परिपालनाका साथै सामाजिक सुरक्षाको सुनिश्चतता गराउने उद्देश्यका साथ दुई निकायबीच सम्झौता भएको मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए ।
यस सम्भौताबाट दुवै निकायले श्रम कानूनको परिपालना, सामाजिक सुरक्षाको सुनिश्चितताको विषयमा श्रम निरीक्षण, श्रम लेखापरीक्षण तथा अनुगमनका क्रममा प्रभावकारितामा वृद्धि हुन गई श्रम कानुन परिपालना हुने विश्वास लिइएको छ ।
सम्झौतासँगै व्यवसायजन्य सुरक्षा र सामाजिक सुरक्षाको प्रत्याभूति, औपचारिकताको प्रवद्र्वन हुने, असल श्रम सम्बन्ध कायम भई उत्पादकत्व वृद्धि हुनुका साथै सुशासन प्रवद्र्धन एवं श्रम सम्बन्धमा गुणात्मक सुधार भई उद्योग व्यवसायको विकास र विस्तारमा टेवा पुग्ने मन्त्रालयले जनाएको छ ।
सो अवसरमा श्रम मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले सम्झौताबाट श्रमिकका हकहित थप सुरक्षित, मर्यादित र व्यवस्थित गर्न सहयोग पुग्ने बताए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
तराईमा हुस्सु/कुहिरो, उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना
-
चाँदी आयातमा विदेशी मुद्रा सटही सुविधामा हेरफेर
-
सेयर बजारमा उच्च अङ्कको सुधार, कारोबार रकम र सूचक दुवैमा उत्साहजनक वृद्धि
-
छ महिनापछि खुल्यो रसुवागढी नाका, मितेरी पुलबाट आवतजावत सुरु
-
विद्युत् प्राधिकरणले अन्तर्देशीय विद्युत् व्यापार प्रतिस्पर्धाबाट गर्ने
-
वैकल्पिक शक्तिहरू एक हुनैपर्छ, सके एकता नसके कार्यगत एकता : कुलमान घिसिङ