श्रम विभाग र सामाजिक सुरक्षा कोषबीच सम्झौता
जलसरोकार
काठमाडौँ,: श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र सामाजिक सुरक्षा कोषबीच सूचना आदानप्रदान गर्ने सम्झौता भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज एक कार्यक्रमबीच विभागका तर्फबाट उपमहानिर्देशक विपिन राजभण्डारी र कोषको तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गरे । एक अर्कालाई आवश्यक सूचना तथा तथ्याङ्क अनलाइनको माध्यमबाट आदानप्रदान गरी श्रमसम्बन्धी कानुनको परिपालनाका साथै सामाजिक सुरक्षाको सुनिश्चतता गराउने उद्देश्यका साथ दुई निकायबीच सम्झौता भएको मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए ।
यस सम्भौताबाट दुवै निकायले श्रम कानूनको परिपालना, सामाजिक सुरक्षाको सुनिश्चितताको विषयमा श्रम निरीक्षण, श्रम लेखापरीक्षण तथा अनुगमनका क्रममा प्रभावकारितामा वृद्धि हुन गई श्रम कानुन परिपालना हुने विश्वास लिइएको छ ।
सम्झौतासँगै व्यवसायजन्य सुरक्षा र सामाजिक सुरक्षाको प्रत्याभूति, औपचारिकताको प्रवद्र्वन हुने, असल श्रम सम्बन्ध कायम भई उत्पादकत्व वृद्धि हुनुका साथै सुशासन प्रवद्र्धन एवं श्रम सम्बन्धमा गुणात्मक सुधार भई उद्योग व्यवसायको विकास र विस्तारमा टेवा पुग्ने मन्त्रालयले जनाएको छ ।
सो अवसरमा श्रम मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले सम्झौताबाट श्रमिकका हकहित थप सुरक्षित, मर्यादित र व्यवस्थित गर्न सहयोग पुग्ने बताए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ६.११ अंकले बढ्यो
-
नेपालको जलविद्युत् : सही दिशामा सरकार कि नीतिगत अलमल?