लगानी कोष र सिउरी न्यादीबीच सम्झौता, ३ करोड ६० लाख कित्ता सेयर निष्कासन हुँदै
जलसरोकार
काठमाडौँ– नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । सिउरी न्यादीले निष्कासन गर्न लागेको साधारण सेयरको कोषले प्रत्याभूति गर्नेसम्बन्धी सम्झौता आज हस्ताक्षर भएको हो ।
सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र न्यादी पावरको तर्फबाट अध्यक्ष शैलेन्द्र गुरागाईँले हस्ताक्षर गरेका छन्। न्यादीले प्रतिकित्ता रु एक सयका दरले तीन करोड तीन लाख ६० हजार सात सय ८४ कित्ता सेयर निष्कासन गर्दैछ । उक्त सेयरको रु तीन अर्ब तीन करोड ६० लाख ७८ हजार चार सय बराबरको शेयर प्रत्याभूति कोषले गर्ने भएको हो । यसभन्दा अघि पनि कोषले धेरै कम्पनीसँग सेयर प्रत्याभूतिको कार्य गरिसकेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना