युनाइटेड मोदी हाइड्रोपावरको साधारण सभा जेठ २७ मा, के–के छन् प्रस्ताव
जलसरोकार
काठमाडौं - युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले २०८० चैत २९ गते स्थगित भएको वार्षिक साधारण सभा पुन अगामी जेठ २७ गते बोलाएको छ । कम्पनीको बुधवार बसेको सञ्चालक समितीको बैठकले सभा कालीमाटी ब्याक्वेट कालीमाटीमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको हो । यसभन्दा आगाडि आयोजना गरेको साधारण सभा गणपुर सख्या नपुगी स्थगित भएको थियो । सभाले गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लेखापरिक्षणको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै सभाले यस कम्पनीको सेयर लगानी रहेको युनाइटेड मेवा खाेला हाइड्रोपावरद्धारा प्रवद्र्धित मेवाखोला जलविद्युत आयोजनामा लगानी गर्नका लागि हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
सभाले कम्पनीको सञ्चालक समितिमा ४ जना सञ्चालकको निर्वाचन गर्ने र अन्य लगानीयोग्य क्षेत्र पहिचान गरी लगानी गर्नु परेमा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्ने कम्पनीले जनाएकाे छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा