पाँच दिनको उकालोपछि नेप्से २४ अंकले घट्यो, बढ्यो कारोबार रकम
जलसरोकार
काठमाडौँ : पाँच कारोबार दिन लगातार बढेको सेयर बजार बुधबार घटेको छ। नेप्से परिसूचक २४.४५ अंकले घटेर २९३५ बिन्दुमा झरेको हो। अघिल्लो दिन भने नेप्से २३.८३ अंकले बढेको थियो।
बजार घटे पनि कारोबार रकम भने बढेको छ। अघिल्लो दिन १४ अर्ब ८३ करोड रुपैयाँको कारोबार भएकोमा आज १५ अर्ब ९ करोड रुपैयाँ पुगेको छ। कुल कारोबारमा ४५ कम्पनीको मूल्य बढ्दा २१३ कम्पनीको घटेको र ७ कम्पनी स्थिर रहेका छन्।
आज व्यापार समूह ३.४५ प्रतिशतले बढ्दै सबैभन्दा धेरै लाभमा रह्यो। यस समूहमा सूचीकृत कम्पनीमध्ये विशाल बजार कम्पनी को मूल्य ३.७७ प्रतिशतले बढेपछि समूह उकासिएको हो। उत्पादन तथा प्रशोधन समूह पनि ०.४८ प्रतिशतले बढेको छ।
तर बैंकिङ, विकास बैंक, फाइनान्स, हाइड्रोपावर, बीमा, माइक्रोफाइनान्स लगायत अधिकांश समूहका सूचक घटेका छन्। आज ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यसमा Super Khudi Hydropower Limited सहित रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन रहेका छन्।
त्यस्तै पञ्चकन्या माइ हाइड्रोपावरको मूल्य ९.७ प्रतिशतले बढेको छ। आज अभियान लघुवित्त को शेयर मूल्य सबैभन्दा धेरै ७.७४ प्रतिशतले घटेको छ। त्यसपछि सालपा विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकमा पनि उल्लेख्य गिरावट देखिएको छ।
आज बढी कारोबार हुने कम्पनीमा ङादी ग्रुप, अपी पावर, शिवम् सिमेन्ट, सुपर मादी हाइड्रोपावर र एसवाई प्यानल रहेका छन्। विश्लेषकहरूका अनुसार लगातारको वृद्धिपछि बजारमा आएको सामान्य करेक्सनका कारण नेप्से घटेको हो।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य