आँखुखोला जलविद्युतको १७ करोड २४ लाख रुपैयाँकाे विद्युत बिक्री, आम्दानीसँगै खुद नाफामा पनि सुधार
जलसरोकार
काठमाडौं : आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको विद्युत बिक्री आम्दानीसँगै खुद नाफामा पनि सुधार देखिएको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीले १७ करोड २४ लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको १३ करोड ७ लाख रुपैयाँको तुलनामा ३१.९४ प्रतिशतले बढी हो।
आम्दानी वृद्धि र वित्तीय खर्चमा कमी आएसँगै कम्पनीको खुद नाफा १३.८२ प्रतिशतले बढेर ३ करोड ८३ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च २३.३१ प्रतिशतले घटेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ। चैत मसान्तसम्म ईपीएस ३१ पैसा वृद्धि भई २ रुपैयाँ ५६ पैसा पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ ९२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १५७.१४ गुणा कायम भएको छ।
२ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको अन्य इक्विटी भने १५ करोड १५ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य