सुन–चाँदीको मूल्यमा वृद्धि,
जलसरोकार
काठमाडौं : बुधबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ। सुन प्रतितोला करिब ७,२०० रुपैयाँले बढेर दुई लाख ९९ हजार रुपैयाँमा पुगेको छ भने चाँदी प्रतितोला २०४ रुपैयाँले बढेर पाँच हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य लगातार दोस्रो दिन बढेको हो। मंगलबार सुन प्रतितोला दुई लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि निरन्तर बढेको छ। मंगलबार प्रतितोला चार हजार ८२० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार पाँच हजार २५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
सुन–चाँदी बजारमा मूल्य वृद्धिले लगानीकर्ता र उपभोक्ताको ध्यान आकृष्ट भएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना